अभियान अभियान्ता र नेपाली संस्कार -गोरखभक्त प्रभात सिंह बस्न्यात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रवि लामिछाने ज्ञानेन्द्र शाही हुँदै फस्टाएको मागेर अभियान चलाउने र छाक टार्ने प्रचलन अझै यथावत छ। यसरी मागेर गुजारा चलाउने धेरै अभियन्ताहरु देखेको छु। सकेसम्म आफुपनि मागेर नै गुजारा चलाउने मिले अरूको लागि पनि मागिदिने।पुराना यस्ता धेरै अभियन्ताहरु देखेको छु जो माग्ने धन्दा कम हुन थालेपछि अनेक सेटिङ अवैध धन्दामा संलग्न छन्। हुन्छन्।
गर्व लाग्छ। मास्टर डिग्री गरेका युवाहरु पठाओं चलाउँदै गरेको भेटेको छु। ७० वर्ष माथिको वृद्ध बुढाबुढी मकै, तरकारी बेचेको देखेको छु। काम सानो ठूलो हुँदैन। मनुवा आफू कति स्वाभिमापूर्वक बाँच्न चाहन्छ त्यो मुख्य विषय हो। आम नेपाली को धनी छ? १० प्रतिशत माफिया र नेता सँग राज्यको ९५ प्रतिशत पैसा थुप्रिएको छ।
 व्यापारीहरु आर्थिक मन्दीका कारण लगभग सडकछाप जस्तै बनेका छन्। अब को को गएर रुने? कहाँ रुने? मिडियामा गएर रोएर पैसा आउने भए यहाँ ५० लाख भन्दा माथि नेपालीको हालत त्यस्तै होला। भोको पेट सुत्ने नेपाली कैयौँ होलान्। सुख दुःख भनेको दिन र रात जस्तै जीवनको अर्को पाटो हो। दुःखले मान्छेलाई धेरै सिकाउँछ ईश्वरको समीप पुर्याउँछ र कठोर भै कर्म गर्न सिकाउँछ। एकपटक दुःख हरेक मानिसको जीवनमा आउँछ। त्यसको सामना गर्न सक्नु पर्दछ। दुःख र।पीडाको अनुभवले मानिस झन निखारिन्छ बलियो बन्छ। जीवन र जगतलाई बुझ्ने सोच फरक बनाउँछ। र उसले आफ्नो जीवनमा नयाँ अध्याय शुरू गर्न सक्छ। मागेर खाने बानी लाग्यो भने मान्छेको सारा सृजना र क्षमता मर्छ र उ कुँजो बन्छ। 
   
अहिले सञ्जालमा आचार्य कृष्ण दमाइ जी को मागेको रोइलो देखें। यदि उहाँ साँच्चै राष्ट्रको गहना हुन् बाँच्नै गारो छ भने सम्बन्धित सबै मिलेर राज्य सँग पहल गरी केही निकास निकाल्न सक्न पर्यो।
  असाहय, अपाङ्गता बाहेक अरूको हकमा मागेर कसको जीवन कहिले सम्म कसले ठेक्का लिने?काम गर्ने वातावरण बनाइदिने हो। मागी खाने लोभ पलायो भने ऊ व्यक्ति स्वयंम कुजो हुन्छ ऊ कर्म बाट च्युत हुन्छ जुन अपराध कर्म हो। भूकम्प हुँदै कोभिड पछिको देशको भयानक मन्दीले यहाँ मध्यम वर्गीय परिवारमा पनि छाक टार्न गारो भएको सत्य घटना मैले स्वयंम मेरो साथिभाइ इष्टमित्र वरिपरि देखेको छु। अब भन्नुस् मागेर क कसलाई बचाउन सकिन्छ? 
   जिउँदो हुँदा सबैको अपमान सहेर आत्मदाह गरेका प्रेम आचार्य मरिसके पछी उहाँले थाहा नपाउने गरि पैसा उठ्यो। मिडियामा स्वर्णीम वाग्ले देखि सबै ठालु हरु खुब भुके। खै त पछि त्यो विषयमा राज्यबाट केही पहलकदमी भयो? व्यापारीलाई राहत हुने कुनै केही प्याकेज आयो? तुरुन्त भावनामा बग्ने तर केही समय पछि हरेक घटना विर्सीहाल्ने नेपालीको बानीले नै आज समाज र हाम्रो राष्ट्र बर्बाद भएको हो। 

  धर्मको नाममा माग्ने,अभियानको नाममा माग्ने, किताब लेख्छु भन्दै माग्ने। मागेर नै जीवन चल्छ त? राजनीति गरूँन, अभियान गरून् किताब लेखुँन जे सुकै गरून् ८ घण्टा काम गर्ने ८ घण्टा व्यक्तिगत समय गर्दा पनि  देश र समाजको लागि ८ घण्टा दिन सकिन्छ। आफ्नै कर्मले आफ्नै मेहनत बाट सृजिएको पैसाबाट समाज र राष्ट्रलाई केही गर अनि बल्ल त्यो सच्चा रुपमा राष्ट्र प्रति तिम्रो त्याग र बलिदान हुनेछ।
   मान्छेको बुद्धि भ्रष्ट गरेर दुनियाँ सँग मागेर आफ्नो भुँडी भर्ने र समाज सेवा गरे भन्ने कृष्ण कँडेल जस्ता पातकी हरु लाई पैसा चढाउने भ्रष्ट हाम्रो सोच चेतना कहाँ जाँदैछ? हामी कता जाँदैछौं? हाम्रो समाज कता जाँदैछ? 
  
दीर्घकालीन समस्याको समाधान भनेको पात र हाँगामा औषधि छर्कने होईन जरा मै गएर मलमपट्टी र मुख्य जराको नै उपचार गर्ने हो। 

बुझौं। मनन गरौँ। कर्म गरौँ।
बाकी : आफ्नो प्रारम्भ र आफ्नै कर्मको फल हामी सबैले भोग्नु नै छ, भोग्नु नै पर्दछ। जे हुन्छ, जस्तो परिस्थिति आउँछ सबै ईश्वरको कृपा, सबै सबै दुख पीडा बिना गुनासो स्वीकार्य छ।।
ॐ जय शिव गोरक्षनाथ! 
ॐ जय स्वाभिमान! 
ॐ जय कर्मनिष्ठ! 
🕉️🇳🇵🔱

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।