चरेस निर्यात हुने प्रमुख जिल्लामा बझाङ पहिलो नम्बरमा आउँछ । जिल्लामा गाँजा खेती गर्नु धान, मकै खेतीजत्तिकै हो । चरेस बिक्रीवितरण तथा व्यापार गर्नु दूधको खुवा बेच्नुजत्तिकै हो । स्याडीका स्थानीय भन्छन्, 'जिल्लामा गाँजा खेती नगर्ने किसान भेट्टाउनै मुस्किल छ ।'
'स्थानीय भाषामा चरेसलाई 'अत्तर' भन्ने गरिएको छ,' उनले भने, 'गाउँ-गाउँका साना-ठूला पसल र चिया पसलमा मात्र नभएर सदरमुकाम चैनपुर र आसपासका पसल र होटलमा समेत चरेस सजिलै किन्न पाइन्छ,
ठूला मान्छेले पनि लिन्छन् ।' सत्यवादी उच्च मावि भोजपुर नजिकै रहेको लालटिन बजारमा चिया तथा खुद्रा पसल गर्ने स्थानीय भन्छन्, 'बजारमा दिनको २० हजारसम्मको चरेस बिक्री हुन्छ ।' पसलमा खुला रूपमा चरेस किन्न पाइन्छ। सदरमुकाम चैनपुरका सहायक बजार सिमखेत, बसपार्क, डुङ्ग्री, भिडमनी, दम्धुर आदिमा सयभन्दा बढी होटल र पसल छन् । जहाँ गाँजा र चरेस चिया र चुरोट किनेजस्तै किन्न सकिन्छ ।
युवा तथा किशोरकिशोरीको क्षेत्रमा काम गरिरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कार्यक्रम यूएनएफपीएले गरेको सर्भेमा जिल्ला पूरै चरेसमय भएको उल्लेख छ । कार्यक्रमका एक अधिकृत भन्छन्, 'चरेस उत्पादन नहुने गाउँ र घर नै बाँकी छैन । स्थानीय नारायण माविका शिक्षक जिल्लामा चरेस परम्परागत व्यापार भएको बताउँछन् । 'अभिभावक, विद्यार्थी, शिक्षक, नेता, कर्मचारीदेखि माननीय र मन्त्री भएकासम्म अधिकांशका खेतमा चरेस खेती हुन्छ,' उनले भने, 'प्रतिबन्ध नहुँदासम्म बझाङबाट बर्सेनि लाखौंको चरेस निर्यात हुन्थ्यो, प्रतिबन्ध लागेको ५० वर्षपछि चरेस निर्यात करोडौंमा पुगेको छ ।'
धान र गहुँजस्तै खेती हुने चरेस बझाङबाट प्रतिवर्ष ७ सय क्विन्टलभन्दा बढी निर्यात हुने गरेको व्यवसायी बताउँछन् । 'जिल्लामा मात्रै ५० क्विन्टलजति चरेस खपत हुन्छ,' स्थानीय भन्छन्, 'अरू सबै ग्रेड छुट्याएर बैतडी हुँदै डडेलधुराको जोगबुढामा भण्डारण भई भारत निकासी हुन्छ ।' एक किलो चरेस बझाङदेखि डडेलधुराको जोगबुढासम्म बोकेर ढुवानी गरेको ५ सय शुल्क लाग्ने गरेको छ । जोगबुढादेखि
महाकालीपारि हुँदै चरेस भारतको दिल्लीसम्म पुग्ने गरेको छ । 'गाउँबाटै चरेस उठाउनेले १५ हजार प्रतिकिलो तिर्नुपर्छ भने डडेलधुराको जोगबुढा पुगेपछि २५ हजार प्रतिकिलोमा चरेस हुन्छ,' व्यवसायमा संलग्न स्थानीयले भने । जिल्लाका सुर्मा, दौलीचौर, काडा, मेलबिसौना, दातोला, रिलु, कैलाश, गडराय, बाझ, भामचौर, दहबगर, लेकगाउँ, सैनपसेला, चैनपुर, रिठापाटा, सुनिकोटलगायत ३० भन्दा बढी गाविसको करिब ५५ सय हेक्टर क्षेत्रफलमा चरेस खेती गरिन्छ ।
'खेतमा लगाइएको गाँजा पाकेपछि धान, गहुँ काटेझैं काटिन्छ', कैलाश गाविसका स्थानीय भन्छन्, 'पहिले हातले माडेर "ए" ग्रेडको चरेस निकालिन्छ । "बि" ग्रेडको चरेस ढुंगामा चुटेर निकालिन्छ । बाँकी रहेको ढिकीमा कुटेर चरेस निकालिन्छ ।' खड्काका अनुसार स्थानीय बजारमा पुडिया बनाएर बेचिने चरेस "सी" ग्रेडको हो । एक नम्बर र दुई नम्बरको चरेस सिधा कैलाली कञ्चनपुर जाने गरेको उनले बताए ।
बझाङबाट समूह बनाएर भरिया र हतियारधारी सुरक्षासहित चरेस बैतडी र डोटी सिमानाको बाटो हुँदै निर्यात हुने गर्छ । चरेसको सिजनमा शिक्षकदेखि कर्मचारीसम्मको ठूलो लगानी हुने गरेको छ । 'गाउँकै ठेक्का हुन्छ', एकजना चरेस व्यवसायीले भने।
#regulateweed
#NotANewIndustry
#nepal
#नेपालबन्छजबनेपालमैबन्छ
#sonofshivag