डा निकोलस भुषाल सोमबार बिहान ११ बजे सम्म स्वयं आफू कास्कि जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने भन्दै विज्ञप्ती निकाले ॥

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

#प्रेस विज्ञप्ति 
सम्पूर्ण देशबासी नेपाली र संसारभर रहेर हरपल साथ दिनुहुने शुभचिन्तकहरुमा हिर्दय देखी नमन । परिवर्तनको समयमा देश अहिले चरम संकट र निराशामा छ । केही ऊदाएका आसाहरु र परिवर्तनशील शक्तिहरु प्रति सरकारको दमन र प्रतिशोध छर्लँग भइसकेको छ । 
निरन्तरको आन्दोलनमा सहकारी पीड़ितमाथीको हमला धनराज ऋषिकेश लगाएत सबैलाई छोड़ेर रबी लामीछानेको मात्र छानबिन दुर्गा प्रसाईलाई अनेक आरोप लगाएर फसाऊन खोजीदै छ र अर्को सीकार म पनी हून सक्छु । सरकार पक्षका अनेक काण्ड बाहिर आऊदा पनी महून हुनू दुखको कुरा हो । 
देशमा चरम बेरोजगारी, वैदेशिक रोजगारमा युवाको पलाएन, देश बाझो हुदै जानू गाऊँ बिदाश्रम बनेका छन र बिस्तारै सहर ख़ाली हुदै छ । देश पूरा परनिर्भर भैसकेको छ र आर्थिक संकट अहिले चरम सिमामा छ । युवाले देशमा वर्तमान देखदैनन अनी बालबालिकाले भविष्य । 
अब मेरो कुरा गर्ने हो भने आफ्नो लागी आफ्नो परिवारको लागी केही गार्हों थीएन आफ्नै काम गरेर आनन्दको ज़िन्दगी पैसा नाम  सबै थियो यही पनी बाहिर पनी । तर सबै साथीहरू भाईबहिनीहरु बिदेसीदा र उतै सेटल हुने कुरा गर्दा यो देशमा के होला ? कसो होला ? गाऊँ बाझो हुदै गर्दा देशमा रोजगारी कसरी सृजना होला ? चरम निराशा र भ्रष्टाचार कसरी रोक्न सकीएला ? 
हामी सबै युवाले आफ्नो मात्र सोचेर छोड़ेर नै जाने हो भने यो देशमा को बस्ने ? कस्ले देश बनाउने ? भन्ने कुराले हरपल सताईरहन्थ्यो ? 
देशका कुना कुनामा गएर निःशुल्क स्वस्थ्य सेवा दीईरहदा अझ देशको सरकारी अस्पतालमा काम गरिरहदा झन यो देशको स्वास्थ्य अवस्थाले र दिनहु पैसा कै कारणले मान्छेले ज्यान गुमाऊदा र सहयोग येता उता गरेर अलीअली बचाएपनी धेरैको ज्यान बचाउन नसक्दा  मन हरेक दिन रोईरहेको हुन्छ । न अस्पतालमा बसेर धेरै सुधार गर्न सकीने न ओहोदमा बसेकाको ध्यान नै पूग्ने ? 
देशभर युवाहरुका सपना बोकेर कहिले अपांगता भएकालाई साथ, कहिले फोहोरबाट मोहर कहिले  बिरुवा रोपीरहदा कहीले रकेट सेटेलाईट पानीले गाड़ी किसानको लागी मल र सोलार स्कूटर बनाएर देशमा केही गर्छौ भन्दा हामीलाई सरकारबाट विदेश जा भन्दा केही सुन्न पाईएन । 
हरेक दिन विदेशबाट आएका बाकस र दिनहू हुने आत्महत्याले मन जहीले रोईरहन्थ्यो । न वर्तमानमा केही राम्रो थियो न त भविष्यको कुनै आसा । 
फेरी देशमा केही नभएको भए देश साचिकै गरीब नै भको भए सहनु पनी सकीन्थ्यो होला । देश स्वर्ग भन्दा राम्रो छ, श्रोत र युवाशक्तिले भरीएको स्वर्ग एक नमूना जस्तो हाम्रो देश निरन्तर डुबिरहेको देखीरहदा देशका कुना कुनामा पूगेर माटो पानी खानी जड़ीबूटी सबैको अनुसन्धान गर्दा देशमा हज़ार सम्भावना भएको अनुभूति भयो । 
देश गरीब हैनरहेछ देशलाई गरीब बनाईएको रहेछ भन्ने महसूस भयो र देशमा युवा शक्ति एकजुट भएर देश बनाऊन सकीन्छ भन्ने आत्मबिश्वास पलायो । न देश डूबेको टुलूटुलू हेरेर बस्न सकियो न देश छोड़न नै अनी अली अली विद्रोही बनेर निस्कियो । 
यही क्रममा स्थानीय निर्वाचनमा काठमांडौबाट परिवर्तनमा मेयरलाई साथ दीदै संसदीय चुनावमा पनी नया शक्तिलाई जुटाउने काममा लागियो । निरन्तर किसान आन्दोलन, महावीर पुनको आन्दोलन, सन्दीप लामीछानेको रिहाई लगाएत धेरै देश र जनताको पक्षमा लड़ीरहदा देशमा मागेर नपाईने रहेछ भन्ने महसूस भयो । 
अहिले जून बिषमा मलाई अनुसन्धान चलीरहेको छ येसमा म प्रशासनलाई सहयोग गर्न चाहन्छू । 
मैले जानी जानी गरेको पनी हैन मैले हिरासतमा खिचेको पनी हैन मैले त सिर्फ़ CCTV फ़ुटेजको फोटो लीएको हो जो पहिले देखी क़ैद नै थियो । अनी मैले यो फोटो अध्यनको लागी लीएको थीए र यो रबीको हो यो त्यो भनेर सार्वजनिक पनी गरेको थीईन र पठाएको पनी थीएन । रबी दाईको अवस्था हेर्दा उहाको प्रेशर र स्वस्थ्य अवस्था हेर्दा फ़र्क़ीन मन लागेको थीएन । रबी दाईको स्वस्थ्य अवस्था हेर्दा आख़ाभरी आसु लीएर फर्कीदै गर्दा मनमा यही बसेर दाईलाई साथ दीदै हौशला दीदै देशको खाका कोर्ने इक्ष्या जागेको थियो ।  अब जेलमा बसिरहदा यो अवसर पाउने कुरामा आसाबादी पनी छू । 
पछी जब यो फोटो भाईरल भयो र पुलिस प्रशासन माथी प्रश्न उठे पछी यो बिषयलाई अझ बढ़न नदीन म आफैले ग़ल्ती स्वीकार गरी मीडिया मार्फ़त जानकारी पनी गराए । मेरो चाहना देशव्यापी रूपमा प्रशासन माथी र प्रहरी प्रशासनमाथी प्रहार भैरहेको थियो यसलाई रोकनू र प्रशासनलाई सहयोग गर्नु थियो । 
म मरे पनी मेरो देश बाचिरहोस भन्ने भावना बोकेर रास्ट्र निर्माणमा र सके संसारभर सत्य र शान्ति फ़ैलाऊन हिडेको अब जेल नेल संग कुनै डर भन्ने छैन । अस्पतालमा निरन्तर बिरामीको र निःशुल्क उपचार गर्दै गरेका हजारौ दिन दुखीको सेवा गर्न नपाऊदा दुख भने लागेको छ । एकदिन पुन यी सब काम निरन्तर रूपमा गरिरहने प्रतिबद्धता पनी गर्न चाहन्छू । 
पुरानो पाटी या नेता संग मेरो ग़ुनासो भनेको बारम्बार मौक़ा पाऊदा पनी न त जनतामा आसा जगाउन सके न त देशमा एकताको भावना न त विकास न रोज़गार देशलाई ग़रीब र भ्रष्ट्राचारको अखड़ा मात्र बन्यो भन्ने कुरामा हो । अस्पतालमा बसेर झापा देखी दार्चुला सम्मका बिरामीहरु हेरीरहदा सामान्य मानिसका पीड़ा र निराशा हेरिरहदा मन सम्भालनै गाह्रो हुन्थ्यो । 
अहिलेको मुख्य चिन्ताको बिषय भनेको फेरी हामी पनी पुरानै पाटी जस्तै अलमल्लीने पो हौ की भन्ने हो । एक अर्कालाई दोष दीदै देश डूबाउने पो हौ की ? देश र जनताको देशको सामाजिक र आर्थिक विकास भन्दा सधै सत्ताको खेल र विदेशीको इसारामा पो चलने हौ की भन्ने हो । 
हामी विगत लामो समय देखी देशका कुना कुनामा पुगेर निःशुल्क स्वास्थ्य सेवा, विज्ञान अभियान, कृषि अभियान तथा अन्य कार्यक्रम लिएर नेपालको पानी, खानी, जंगल, जड़ीबूटी तथा अन्य श्रोतको अनुसन्धान गर्दा देशमा ठुलो सम्भावना देखेका छौ । कृषि, पर्यटन तथा प्रविधि(IT) देश विकासका पिलर हून । आयात हुने कुराहरु आफै उत्पादन गर्नु र निर्यात बढ़ाउनू मुख्य ज़िम्मेवारी हो । युवा मिलेर भएका श्रोत सदुपयोग गरेर देशलाई आत्मनिर्भर बनाउनू पहिलो आवश्यकता हो । शिक्षा पूरा विदेशीको ग़ुलाम हुने भन्दा अरु केही छैन यसको पूर्ण रूपमा परिवर्तन गरी देशको आवश्यकता अनुसार सिप र रोजगार मूलक शिक्षा आजको आवश्यकता हो । प्रत्यक जिल्लामा मेडिकल, इंजीनियरिंग, म्यानेजमेन्ट, कला, संस्कृत, अध्यात्म खेलकूद सहितका बिश्वविद्यालय बनाउन सके ज्ञानभूमिको रूपमा विकास गर्न आवश्यक छ । हरेक पालिकामा संकलन केन्द्र, वितरण केन्द्र र नर्सरी स्थापना आजको आवश्यकता किसानको उत्पादनको बजार ग्यारेंटी र देशमा रोजगारको अवसर हो । विदेशमा रहेकालाई मताधिकारको कुरा चुनावको घोषणापत्रमा हैन अहिले देखी लागू गर्नु पर्ने हो । 
हामीलाई देशमा रोजगार सिर्जना गर्न सकीन्छ, ऋण तीर्न सकीन्छ, शिक्षा स्वस्थ्य निःशुल्क गर्न सकीन्छ र देशलाई सामाजिक र आर्थिक रूपमा सम्पन्न संसारकै खुसी देश बनाउन सकीन्छ भन्ने आत्मविश्वास पनी छ । यो फेरी सम्पूर्ण नेपाली एकजुट भएर रास्ट्र निर्माणमा लागे सम्भव छ र धेरै समय पनी लाग्ने छैन । 
अहिलेको बेवस्था भन्दा प्रत्यक्ष निर्वाचित कार्यकारी, बिज्ञ मन्त्री हुने र संसदले क़ानून लेख्ने बेवस्था उपयुक्त छ । प्रदेश सरकार, संसद र मन्त्री अनावश्यक छ । केन्द्र र स्थानीय तह काफ़ी छ अब अंचलादेश जसरी प्रदेश गवर्नरको रूपमा चलाउन सकीन्छ । पहिचान आवश्यक छ जातीय भाषा भेष भूसालाई पाठ्यक्रम र ड्रेसमा समायोजन गर्न सके संस्कृति र परम्पराको जगेर्णा गर्न ठुलो टेवा पूग्ने छ । 
अनी मेरो व्यक्तिगत चाहना भनेको देसमा स्वस्थ्य निःशुल्क गर्ने बिश्व स्तरीय सेवा गाऊँ गाऊँमा पूर्याउने र नेपाललाई ज्ञानभूमि, सत्यभूमि, शान्तिभूमि तपोभूमिदल, कर्मभूमि, देवभूमि र मोक्ष्यभूमिको रूपमा सजाउनू हो । बिश्व शान्ति संगठन कपिलबस्तूमा स्थापना गरी संसारभर सत्य र शान्ति फैलाउनू हो । मैले मेरो जीवन नै यही कामको लागी समर्पण गरेको छू यसको लागी यो देश बन्न आवश्यक छ अब मैले नै या यसैले बनाउनूपर्छ भन्ने छैन जसले बनाए पनी हून्छ । तर देश बन्नै पर्छ अनी यो काम एकलै गरेर हुने काम हैन यो त हामी सब नेपाली मिलेर बनाएर बन्ने काम हो । यसका लागी देशमा एकता हून आवश्यक छ, रास्ट्रियता हून आवश्यक छ अनी नागरिक पाटीबादी र ब्याक्तिबादी हैन नेपाली हून आवश्यक छ र सहीलाई सही र ग़लतलाई ग़लत भन्न आवश्यक छ । 
अनी मेरो परिवार अनी सम्पूर्ण शुभचिन्तकहरुमा अब परिवर्तनको बाटो त्यती सजीलो त कहाँ हून्छ र ? मानिष हू कहिले काही नचाहदै पनी ग़ल्ती हून्छ । अनी ग़ल्ती पनी मान्छे मारेको हैन, भ्रष्ट्राचार चोरी हैन, पहिले खिचीरहेको स्थानबाट फोटो त खीचेको हो त्यो पनी हिरासतबाट खीचेको पनी हैन । CCTV मा क़ैद भैसकेको स्थानमा खिचेको हो जून पहिले देखी नै कैद थियो । अनी मलाई थाहा पनी थीएन की फोटो खिच्न मिल्देन भनेर यति मोबाईल लान नदीनूभएको भए मोबाईल नै नलीई जाने थीए अनी नख़िच भन्नु भएको भए खीचने पनी थीएन अनी हटा भन्नु भएको भए हटाउने पनी थीए । अनी यो मैले व्यक्तिगत रूपमा अध्यन प्रयोजनको लागी खीचेको थीए । अनी रबीको फोटो यो त्यो भानेर सार्वजनिक पनी गरेको थीएन । समस्या पनी केही आको थिएन । जब यो फोटो भाईरल भयो गलत म्यासेज नजाओस भनेर आफै मैले गरेको हो भनेर स्वीकार पनी गरे र मीडियाहरुलाई पनी खबर गरे । यति गलत नियत भको भए यो सबै गर्न आवश्यक पनी थीएन । मेरो दीपक बोहरालाई अंकित गरेर बनाईएको Wattsapp Chat पूर्ण रूपमा फेक रहेको पनी जानकारी दिन चाहन्छू र येस्तो गतिविधि नगरीदिनुहून पनी विनम्र अनुरोध गर्न चाहन्छू । 
अन्तिममा नेपाल सरकारलाई मेरो खोजीको लागी धेरै दुख नगर्न र खर्च पनी नगर्न अनुरोध पनी गर्न चाहन्छू र सोमवार बिहान ११ बजे सम्म स्वयं आफू कास्कि जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी पनी दिन चाहन्छू र अनुसन्धानमा सहयोग पनी गर्नेछू । 
अंजानमा भएको ग़ल्तीलाई माफ़ गरी बिरामी र देशको सेवामा निरन्तर लाग्नको लागी सहयोग ग़रीदीनूहून पनी अनुरोध गर्न चाहन्छू अनी आऊने दिनमा येस्तो ग़ल्ती नदोर्याउने प्रतिबद्धता पनी व्यक्त गर्न चाहन्छू ।
#नमन
डाक्टर निकोलस भुसाल 
२०८१/०९/०५ गते, सुक्रबार

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।