पोखरा, २७ भदौ/ जर्मनमा बिहीबार देखि सुरु हुने प्याराग्लाइडिङ एकुरेसी वल्डकप फिनालेमा पोखराका अञ्जन कुँवर नेपालको तर्फबाट सहभागी हुदै छन् । सेप्टेम्बर १२ देखि १५ सम्म हुने एकुरेसी वल्डकप फिनालेमा कुँवरले नेपालको झण्डा जर्मनको आकाशमा फरफराउँदै प्रतिस्पर्धा गर्ने छन् ।
प्याराग्लाइडिङ एकुरेशी वल्डकप फिनालेमा पुरुष तर्फको प्रतिस्पर्धामा अमेरिका, जर्मन, युएइ, भारत, बेलायत, स्पेन, चाइना लगायत ४७ देशका १०२ जनाबीच प्रतिस्पर्धा हुने छ । महिला तर्फको प्रतिस्पर्धामा २३ जनाले प्रतिस्पार्धा गर्ने आयोजक संस्थाको अनलाइनमा पोर्टलमा उल्लखे गरिएको छ ।
कुँवरले आप्नै खर्चमा जर्मनमा हुने प्याराग्लाइडिङ एकुरेसी वल्डकप फिनालेमा नेपालको तर्फबाट सहभागीता जनाउन लागेका हुन् । नेपालको तर्फबाट उनको मात्र सहभागीता रहेको छ । पोखरा ६ बैदामका ३० वर्षीय कुँवरले सन् २०१९ मा बाबु एडभेन्चर प्याराग्लाइडिङ स्कूलबाट प्याराग्लाइडिङ कोष पुरा गरेर यस क्षेत्रमा लागेका हुन् ।
कुँवरले जर्मन इन्टरनेशल ओपन कन्ट्रि कम्पिटिसन, इन्टरनेशल फ्रेन्डसिप कप, प्याराग्लाइडिङ वल्डकप फिनाले तीन प्रतिस्पर्धामा सहभागी जनाउँने छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीबाट सहभागीता जनाउँदै उनि ओभर आलमा दोस्रो र टिम दुबैमा दोस्रो भएका थिए । सन् २०२३ मा भारतमा भएको प्याराग्लाइडिङ प्रतिस्पर्धामा पनि सहभागीता जनाउँदै उनि चौथो भएको बताए ।
जर्मनमा हुने प्याराग्लाइडिङ वल्डकपमा १ देखि २० सम्म टप रेङ्कका खोलाडीको सहभागी रहेकोले प्रतिस्पर्धा टप हुने उनले सुनाए । यसमा आफुले सक्दो राम्रो गरेर देशकालागि मेडल ल्याउन कोशिस गर्ने उनले सुनाए । वल्ड रेङ्कका खेलाडीको सहभागीता रहने भएकोले प्याराग्लाइडिङ प्रतिस्पर्धाबाट थप नयाँ अनुभव साटासाट हुने पनि उनले बताए ।
प्याराग्लाइडिङको वल्डकपमा सहभागीता हुन पाउँदा निकै खुशी लागेको उनले सुनाए । बुवा मनोज कुँवर र आमाको हौसला, साथ र सहयोगमा प्रतिस्पर्धामा सहभागी हुने अवसर मिलेको पनि उनले बताए । प्याराग्लाइडिङ वल्डकपमा सहभागी कुँवरलाई ग्लाइडर स्पोन्सर बिग स्माइल प्याराग्लाइडिङ र फ्लाइङ वन्डर प्याराग्लाइडिङले गरेका छन् ।
प्याराग्लाइडिङ क्षेत्रका खेलाडीहरुले यस्ता अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा व्यक्तिगत पहल र क्षमताका आधारमा यसरी प्रतिस्पर्धामा सहभागी हुने गरेका छन् । यसरी व्यक्तिगत रुपमै पनि देशको प्रतिनिधित्व गरेर प्रस्पिर्धामा सहभागी हुनु देशकै गौरवको विषय भएको नेपाल हवाई खेलकुद संस्थाका पूर्व अध्यक्ष योगश भट्टराईले बताए ।