हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार श्री सुजता थापा र उहाँको श्रीमान बल थापा लाई केही ४०-४५ जना युवाहरूको समूहले घरबाट अज्ञात स्थलतर्फ लछारपछार गर्दै अपहरण शैलीमा लिएर गएको सूचना प्राप्त भयो।
तत्कालै यो कुरा हुम्लाका सिडिओलाई जानकारी गराइयो। सिडिओलाई यसअघि पनि अरुले सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरेको बताउनुभयो ।
सुन्नमा आए अनुसार सुजता थापाकी ससुराबुवा सर्केगाड ४ को नेपाली कांग्रेसको सभापति हुनुहुन्छ रे र सुजाता थापाको उम्मेदवारीमा ससुरा बुवाकोको सहमति रहेको थिएन रे । साथीहरुले शंका गरे अनुसार नेपाली कांग्रेसको तर्फबाट युवाहरू आएर लछारपछार गर्दै लिएर गएको र उम्मेदवारी नदिने तर्फ बल प्रयोग गरी बकाउने कुरा हुनेतर्फ घटनाले इङ्कित गरेको छ । यस घटनाक्रमका बारे गृह मन्त्रालय र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछौं ।
यसरी नयाँ उम्मेदवारै हुन नपाउने हो भने देशमा चुनावै किन गर्नुपर्यो पुरानाले मिलिजुली जनतालाई शासन गरे भइगो । अपहरण नै गर्ने हो भने सुशासनको कुरा किन गर्नुपर्यो र?
यस घटनाले साह्रै दुःखी बनाएको छ । हामीले लडेर ल्याएको लोकतन्त्रको अत्कर भएको छ । यस प्रकारको हर्कतको घोर भर्सना गर्दछौं ।