कर तथा अन्तशुल्क अन्तरक्रिया कार्यक्रम पोखरामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मदिरा ब्यवसायी समिती कास्की द्दारा आयोजित कर तथा अन्तशुल्क अन्तरक्रिया कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।
आन्तरीक राजस्व कार्यलय कास्की प्रमुख शिव शर्मा ज्यु को प्रमुख आतित्थ्यमा भएको  कार्यक्रम बारे सन्चार कर्मीहरुसंग बोल्दै आयोजक समितीका अध्यक्ष सुरेश घिमिरेले करदाताहरु, कर अधिकारीहरु, र विशेषज्ञहरु बीचको अन्तरक्रिया कार्यक्रमले करसम्बन्धी जानकारी,कर प्रणाली र करदाताको समस्याहरुको समाधान गर्ने मुख्य उदेश्य रहेको बताउनु भएको छ ।

कार्यक्रममा पोखराका अधिकांश मदिरा ब्यवसायीहरु सहभागी थिए । कार्यक्रममा कर अधिकृत ठाकुर प्रसाद सुवेदी कर कर्यालय का सुदिप रेग्मी लगायतको उपस्थीती रहेको थियो भने कार्यक्रम आयोजक समितिका महासचिव अर्जुन अधिकारीले  सन्चालन गर्नुभएको थियो ।

कार्यक्रममा कर प्रतिनिधि सुदिप रेग्मीले प्रष्ट पार्दै भन्नुभयो कर प्रणाली भनेको राज्यले नागरिकहरू र व्यवसायहरूबाट कर उठाउने प्रक्रिया हो। यस प्रणालीमा विभिन्न प्रकारका करहरू जस्तै आयकर, बिक्री कर, सम्पत्ति कर, वस्तु तथा सेवा कर (VAT/GST), कम्पनी कर आदि समावेश हुन्छन्।

कर प्रणालीको मुख्य उद्देश्य भनेको राज्यलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराउनु हो, जसले गर्दा राज्यले सार्वजनिक सेवा, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा खर्च गर्न सक्छ। यस प्रणालीलाई न्यायसंगत बनाउनु महत्वपूर्ण हुन्छ ताकि सबै नागरिक र व्यवसायहरूले उचित रूपमा कर तिर्न सकून् र राज्यले पनी नागरीकहरुको आधारभुत आवश्यकता तथा ब्यवसायीहरुको लागी सहुलियत कर निती निर्माण गरी सहजिकरण गरीदिन सकोस् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।