लागू औषध किनचवेचमा फार्मेसी संचालक सहित २ जना मानिस पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मिति २०८१/०५/०५ गते अन्दाजी २०:०० बजेको समयमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगपरालिका वडा नं. ९ नयाँबजार स्थित शंकास्पद अवस्थामा जिल्ला धादिङ निलकण्ठ नगरपालिका वडा नं.०९ घर भएका वर्ष २७ का बिजय पोख्रेललाई फेला पारी निजको शरिर रितपुर्बक खानतलासी गर्दा निजले भिरेको झोलामा लागू औषध Tapentadol Hydrochloride Capsules लेखेको ट्याब्लेट १२० चक्की फेला परेको र निजलाई सोधपुछ गर्दा जिल्ला कास्की पोखरा महानगपरालिका वडा नं. ९ नयाबजार स्थितमा रहेको बिभुती फार्मेसीबाट खरिद गरेको भन्ने खुलाएको हुदाँ सो फार्मेसीमा समेत रितपुर्बक खानतलासी गर्दा Tapentadol Hydrochloride Capsules लेखेको ट्याव्लेट ९० चक्की बरामद भएकोले उक्त फार्मेसी संचालक ऐ.ऐ. बस्ने वर्ष ४८ को केदार अधिकारी समेतलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध मुद्दामा केदार अधिकारीलाई ९ दिन र बिजय पोख्रेललाई १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।