मिति २०८१।०८।०५ गते अं. १३:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२९ भण्डारढिक नयाँवस्ती स्थितमा गस्ती गर्दै जाँदा ऐ.ऐ. बस्ने बर्ष २६ को कपिल घिमिरेले लागू औषधको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा निजको घरकोठा खानतलासी लिँदा निज सुत्ने कोठाको भित्तामा कालो झोलाभित्र लुकाई छिपाई राखेको लागू औषध डाईजापाम- २२८ एम्पूल, फेनेरागन- २१२ एम्पुल, र ब्रुफिन- २२२ एम्पूल गरी जम्मा ६६२ (छ सय बैसठ्ठी) एम्पुल लागू औषध र मोवाईल फोन थान-१ समेत फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन (१०) दश म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।