मिति २०८१।०७।०५ गते अ.१६:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा स्थितमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँज गर्ने क्रममा ग २५ प ६५८८ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा जिल्ला म्याग्दी बेनी नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० का बल बहादुर विश्वकर्मा र सोही स्कुटरको पछाडी सवार जिल्ला म्याग्दी धौलागिरी गा.पा. वडा नं. ४ बस्ने वर्ष ३५ की नर कुमारी घर्तिले टोपिमा लुकाई छिपाई राखेको अवस्थाम लागू औषधडाईजापाम ३१ एम्पुल, फेनेरागन ३१ एम्पुल र नुर्फिन ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल लागू औषध फेला परेको हुँदा निजलाईनियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा सम्मानितकास्की जिल्ला अदालतबाट दिन (७) सात म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।