मान्छे बिरामी भएर अकालमा किन र कसरी मर्छन ? जनचेतनाको लागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मान्छे बिरामी भएर अकालमा मर्ने धेरै कारण छन् । 

कम्मरको वरिपरी रहेको बोसो सबै भन्दा घातक मध्यको एक हो । कि हामीले त्यो बोसो समाप्त गर्न सक्न पर्छ । कित त्यही बोसोले हामीलाइ सताउँछ । तसर्थ उक्त बोसोलाई परास्त गर्न निम्न उपायहरु अपनाउन सकिन्छ । 
• प्रशोधित खानेकुरा नखाने । वास्तविक खानेकुरा खाने । उच्च पोषण र प्रोटिन भएको खानालाइ आफ्नो भोजनको आधार बनाउने । १०० वर्ष पहिले हाम्रा पिता पुर्खाहरुले खाने गरेका खानेकुरा खाने । यसको मतलव १०० बर्ष पुराना खानेकुरा खोज्दै हिड्ने भन्न खोजेको होइन । एउटा बिचारको रुपमा बहस छेडेको । भन्न खोजेको के भने जीबन्त (जीबन भएको) खानेकुराहहरु खाने  । किनकी आधुनिक खाद्य उद्योगले हाम्रो स्वास्थ्यको चिन्ता गर्दैनन् । मात्र आफ्नो ब्यापार हेर्छन्। हाम्रो जीबन उनीहरुको भरमा छोड्नु भएको स्वस्थ नभै रोगी हुनु हो । मुटु हाम्रो इन्जिन भएको हुँदा हामी आफैले यसको ख्याल गर्नुपर्छ ।
• दैनिक कम्तिमा १० हजार पाइला हिड्ने । शुरु शुरुमा यो धेरै जस्तो लाग्न सक्छ । थोरैबाट शुरु गर्ने अनि बढाउँदै लैजाने ।  हिड्न मन पर्दैन भने बास्केटबल, टेनिस, फुटबल जस्ता खेलहरू खेल्न सकिन्छ । साइकल चलाउन¸पौडीन सकिन्छ । जति धेरै ब्यायाम उती राम्रो स्वास्थ्य । खाना खाएपछी कम्तीमा ३० मिनेट हिड्ने । 
• आवश्यकता अनुसार (दैनिक कम्तीमा २ लिटर) पानी पिउने । शरीरको लागी हाइड्रेसन अति नै महत्वपूर्ण छ ।  यसले हाम्रो मेटाबोलिजम मजबुद गराउँछ । दिमागलाई पनि राम्रो गर्छ । खाना खानु अघि पानी पिएमा  भोकको महशुस कम गराउँछ । पानी चै पिउने तर अल्कोहल नपिउने । 
• राती ७।८ घण्टा मजाले निदाउने । स्वास्थयको लागी यो अत्यन्तै महत्वपूर्ण छ । तसर्थ यसलाइ दिनचार्य बनाउने । सुत्ने र उठ्ने समयलाइ एकनासको बनाउने । यस प्रकारको कार्य शरीर, दिमाग र केही मात्रामा तौल घटाउने अनि मांसपेशी बढ्ने कृयासँग सम्बन्धित छ । जसले गर्दा जीवनमा सकारात्मक परिवर्तन आउँछ ।
• हप्तामा कम्तिमा २ देखि ३ दिन वेट ट्रेन गर्ने । भारत्तोलन गर्ने वा आफ्नै शरीरको वजनसंग ट्रेन (क्यालिस्थेनिक्स)  गर्ने । मांसपेशी बृद्धी गर्नाले कुशल "फ्याट बर्निंग" मेसिन बनाउँछ। यसको बारेमा सोच्ने अनी गर्ने । 
• शरीरको तौलको प्रति किलोग्राम १.५ देखी २ ग्राम प्रोटिन खाने । जसले गर्दा शरीरमा शमांसपेशीको बृद्धी हुन्छ । सजिलै संग शरीरको बोसो घटाउन सकिन्छ । खानामा प्रोटिनको मात्रा बढाउने । यसले कम भोक महसुस हुन्छ ।
• बर्तलाइ बिकल्पको रुपमा लिन सकिन्छ । ब्रतलाइ उचित अभ्यासमा लगेमा यो शक्तिशाली हतियार हो उपबास १२ घण्टा अबधीको शुरु गर्ने र १४ हुँदै १६ अनि १८ घण्टा सम्म बढाउन सकिन्छ । यसले शरीर र दिमागलाई राम्रो बनाउँछ । यसमा कुनै शंका छैन । ब्रतलाइ थप सहज बनाउन बीच बीचमा सादा कालो कफी पिउन सकिन्छ ।
• मजाले घाम ताप्ने । शरीरमा घामको महत्व र फाइदाहरूको सूची ठूलो छ । दिनमा कम्तिमा २०-३० मिनेट घामको किरणमा आफूलाई खुला गर्ने अभ्यास अति उत्तम हुन्छ । बिहानको केही मिनेट घामले राम्रो गर्नेछ।
• एउटा यस्तो अवस्थाको सृजना गर्ने की जतिबेला मानसिक रुपमा चरम शुख होस । म यसमा बढी नै जोड दिन्छु । हरेक दिन कुनै कुरलाइ प्रतिबिम्बित गर्नका लागी स्पष्ट दिमागमा समय बिताउन सकियो भने जीबनका लक्ष्यहरुको लागी संघर्ष गर्न सहज हुनेछ । त्यसको लागी ध्यान गर्न सकिन्छ । हिँड्न सकिन्छ । श्वासप्रश्वास विधिहरू प्रयोग गर्न सकिन्छ । जुन कार्य गर्न आफुलाई सहज हुन्छ ।
• प्रकृतिमा समय बिताउने¸ पदयात्रामा जाने, खेलकुद गर्ने जस्ता कार्य गर्न सकिन्छ । यो अर्को नजर अन्दाजको बिषय हो जसको कुनै महत्व छैन जस्तो देखिन्छ । तर यसमा धेरै कुरा लुकेको हुन्छ । यसले तपाईंलाई ठूलो स्पष्टता दिनेछ।
प्रकृतिले दिएका निशुल्क औषधीहरु छन जुन स्वस्थ जीबनका लागी रामबाण साबित हुन्छन । तर हामीले ती निशुल्क औषधीहरुको उपभोग गर्न जान्नु पर्दछ । 
निन्द्रा¸ घाम¸ ब्यायाम¸ ध्यान¸ हाँसो¸ दया¸माया¸करुणा¸ सकारात्मक सोच जस्ता कुराहरु प्रकृतिले दिएका निशुल्क र अपरम्पार औषधी हुन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।