मानव वेचविखन तथा ओसार पसार र जबरजस्ती करणी सम्बन्धी मुद्दामा ३ जना मानिस पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मिति २०८१।०८।०६ गते राति २२:०० बजेको समयमा ४ जना वालिकाहरुलाई जिल्ला कास्की पोखरा महानगपालिका वडा नं. ६ लेकसाईड स्थित रहेको Snow Land होटललेसंचालन गरेको Visa Youth Hostel Pvt. Ltd. को कोठाहरुमा राखी बाध्य तुल्याई यौनशोषण गरिरहेको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले निज बालिकाहरुको उद्दार गरी पीडित बालिकाहरुसंग बुझ्दा ललाई फकाई राम्रो होटलमा काम लगाईदिन्छु, मासिक तलबराम्रो हुन्छ, खानाबस्नको राम्रो सुबिधा छ भन्ने विश्वासमा पारी कोठा बाहिर समेत निस्किन नदिई पर पुरुष व्यक्तिहरुसंग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याउँदै आएको अवस्थामा निज बालिकाहरुलाई उद्दार गरी सो घटनामा संलग्न निम्न स्थान बस्ने निम्न ३ जना मानिसहरुलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा दिन (पाँच) ५ म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको । 

पक्राउमा परेका व्यक्तिहरुको विवरण तथा फोटो :

1. जिल्ला गोरखा पालुङ्टार गा.पा. वडा नं.४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६ लेकसाईड स्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने वर्ष १९ की ममता तामाङ ।

2. जिल्ला मकवानपुर बाग्मती गा.पा. वडा नं.८ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ७ कपन बस्ने वर्ष २३ की रिना तामाङ । 

3. जिल्ला पुर्वी नवलपरासी मध्यबिन्धु न.पा. वडा नं.१० स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ६लेकसाईड बस्ने बर्ष अन्दाजी १९ की जस्मिन ठकुरी ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।