मृर्गौला बिफलता हुनु अघि साङ्केतिक चेतावनी !डा.कुर्त ।पृथ्वीपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मृर्गौला बिफलता हुनु अघि साङ्केतिक चेतावनी :

शरीरमा भएका  बिकार तत्व छान्न नसक्ने र तरल पदार्थ प्रवाह गर्न नसक्ने अवस्था  हुनु भनेको मृगौला बिफल हुनु हो ।
मृगौलाले  १२ प्रकारका कार्यको लागि जिम्मेवारी बहन गर्छ :
- रगत छान्ने कार्य : यसले दैनिक २०० लिटर रगत छान्ने कार्य गर्छ ।
- रक्तचाप नियन्त्रण गर्छ ।
- क्याल्सियम  सही अवस्थामा कायम  राख्छ ।
- रातो रगत उत्पादन गर्छ ।
-पानी र इलेक्ट्रोलाइट मिलाउछ । भिटामिन डि ( D ) सक्रिय  बनाउछ ।

के गर्दा तपाइँको मिर्गौलाको कारण  शरीर खतरामा पर्छ ?
- अत्यधिक NSAID’s औषधि ( दुखाइ कम गर्ने औषधि ) को प्रयोग 
- शरीरमा पानीको मात्रा अत्यधिक कम हुनु
- पोटासियम कम लिनाले 
- अत्यधिक  चिनी सेवनले
- अत्यधिक मात्रामा मादक पदार्थ सेवन गर्नाले
- अस्वस्थकर जीवन शैली 
- अत्यधिक मात्रामा खाद्य पूरक खानाको प्रयोग 
- अत्यधिक  मात्रामा इन्सुलिन उत्पादन हुनु र बिस्तारै काम गर्न छोड्नु 
- अनियंत्रित उच्च  मधुमेह
-अनियन्तृत उच्च रक्तचाप 
- पेटको वरिपरि बोसो जम्नु

मिर्गौला बिफलताका संकेतहरु के के हुन ?
१. पिसाबमा परिवर्तन 
- पिसाब  कम लाग्नु
-पिसाबमा फिँज आउनु
- राती छिन छिनमा पिसाब लाग्नु
२.सुन्निनु
- खुट्टाको गोलीगाँठो , खुट्टा अथवा हात सुन्निनु
- आँखा सुन्नुनु , विशेष गरि बिहान
३.कमजोर अनि थकाइ 
- एनेमिया (रगतको कमी )
-सँधै कमजोरी अनि थकाइ 
४.फोक्सोमा  तरल पदार्थ निस्कनाले श्वास छिटो  छिटो हुनु 
५.वाक वाकी लाग्नु र बान्ता हुनु
६. मुखमा स्वाद नहुनु र श्वास गन्हाउनु
७ . भोक हराउनु
८ . छाला सुख्खा हुनु, चिलाउनु र बाक्लो हुनु 
९. उच्छ रक्तचाप
१०. पछाडि ढाड्तिर अथवा कोखातिर दुख्नु
११. हातखुट्टा अथवा कुनै पनि स्थान बाँउडिनु , फर्किनु
१२. एकाग्रता नहुनु र दुबिधा हुनु 
 मिर्गौला  बिफल हुनबाट कसरी जोगिने ?
- सन्तुलित भोजन कायम राख्ने 
- मेसिनबाट उत्पादित तयारी खाना नखाने
- राम्रो गुणस्तरीय प्रोटिनयुक्त खाना खाने
- पानी पुग्ने गरी  लिने
- उच्च रक्तचाप र मधुमेह समय समयमा नापी रहने 
- आवश्यकता भन्दा बढी पेइनकिलर ( दुखाइ कम गर्ने औषधि)  नखाने
- सुर्तीजन्य पदार्थ ,धुम्रपान र मद्यपान बन्द गर्ने 
-  नियमित व्यायाम गर्ने

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।