नेकपा एकीकृत समाजवादीको केन्द्रिय सचिव पदमा पोखराका मेयर पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दशौं राष्ट्रिय महाधिवेशन बाट नेकपा एकीकृत समाजवादिको केन्द्रिय सचिव पदमा घनराज आचार्यलाई  पराजित गर्दै श्रीनाथ बराल १०७ मतसहित विजयी भएका छन् भने धनराज आचार्यले जम्मा ७५ मत मात्र पाएका छन् ।

 

पछिल्लो समय पोखरामा श्रीनाथ बराल र धनराज आचार्यको कडा प्रतिस्पर्धा रहदै आएको थियो । पार्टीको केन्द्रिय चुनावमा पनि दुईजनाको कडा प्रतिस्पर्धा हुने निकट श्रोतको दावी थियो ।

 

पछिल्लो समय श्रीनाथ बराल पार्टी बनाउने र आफुले प्रतिनिधी सभाको निर्वाचनमा पराजित भए पनि बिगतका सबै कुराहरु शिक्षाको रुपमा ग्रहण गर्दै पार्टी निर्माण कार्यमा अघि बढिरहेका थिए ।

 

नेकपा एकीकृत समाजवादीको कलम चुनाव चिन्ह बाट गठबन्धनको तर्फबाट टिकट पाएर धनराज आचार्य मेयर पदमा निर्वाचित भएका थिए। गठबन्दन गरेकै कारण छोटो समयमा नै मेयर पद जित्न एकीकृत समाजवादी पार्टी सफल भएको थियो । पछिल्लो समय पोखरा महानगरको गलत प्रवृति र गलत कार्यशैली प्रति उठेका प्रश्नहरुकै कारण पनि मेयर आचार्यको भन्दा बढी श्रीनाथको चर्चा उचालिएको अनुमान लगाउन सकिन्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।