कास्की। नेपाल स्वयंमसेवी रक्तदाता संघमा देखीएको आन्तरिक विवादले नयाँ मोड लिएको छ। संघका केन्द्रिय सचिव तथा कास्की जिल्ला निवर्तमान अध्यक्ष तिर्थराज अवस्थी र वर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी बिचको आन्तरीक विवादले नेपाल स्वयमसेवी रक्तदाता समाज कास्कीमा अस्थीरता देखीन थालेको छ ।
संस्थाको पूर्व बहाल रहेको पदको हिसाबमा विभिन्न कार्यक्रममा सहभागी भई समानान्तर गतिबिधि गरिरहेको र संस्थाको सदस्यले निजलाई सो बिषयमा बुझ्न खोज्दा उल्टै मानहानी गर्ने मनशायले सामाजिक सञ्जालमा तस्विर सम्प्रेषण गरेको भन्दै कास्कीका वर्तमान अध्यक्ष अधिकारी ले निवर्तमान अध्यक्ष अवस्थी लाई कारबाहीको माग गर्दै केन्द्रमा पत्राचार गरेका हुन् ।
उपरोक्त विषयका सम्बन्धमा यस संस्थाका पूर्व केन्द्रीय सचिव तीर्थराज अवस्थीलाई मिति २०८०/११/१५ मा निलम्बित गरिएको र तत्पश्चात निजले सामाजिक सञ्जाल फेसबुक मार्फत मिति २०८१ बैशाख ३० गते संस्था र निजको पदबाट राजीनामा दिएको जानकारी गराउन चाहान्छौँ । उक्त दुईवटा सन्दर्भले निज यस संस्थाको कुनैपनि पदमा नरहेको पुष्टी गर्दछ । यति हुदाँहुदै पनि निज संस्थाको पूर्व बहाल रहेको पदको हिसाबमा विभिन्न कार्यक्रममा सहभागी भई समानान्तर गतिबिधि गरिरहेको र संस्थाको सदस्यले निजलाई सो बिषयमा बुझ्न खोज्दा उल्टै मानहानी गर्ने मनशायले सामाजिक सञ्जालमा तस्विर सम्प्रेषण गरेकोले यस्ता कार्य प्रति घोर आपत्ति प्रकट गर्दछ । यस्ता व्यवहारले सम्मानित संस्थाको मानसम्मानमा आँच आइरहेको व्यहोरा अवगत गराउँदै निज व्यक्तिलाई संस्थाको नियमानुसार कारबाहीको दायरामा ल्याउन बिनम्र अनुरोध गर्दछौं ।
आफु माथी परेको कारबाहीको पत्रलाई खन्डन गर्दै संघका सचिव तथा नियमित रक्तदाता तिर्थराज अवस्थी लेख्छन् -
मलाई मुद्दा हाल्नु भएछ केन्द्रमा !
खुसी साथ आभार प्रकट गर्दछु !
के जानकारी पाइयो त अध्यक्ष ज्यु ?
हामीले पटक-पटक तपाईसॅंग बस्ने वातावरण क्रिएट गर्न खोज्दा कहिल्यै पनी सम्पर्कमा आउन खोज्नु भएन ! समस्या समाधानका लागी म तिर्थराज अवस्थी, संस्थापक सचिव सुन्दर अधिकारी र संस्थाका पुर्व सल्लाहाकार O Positive बसन्त विनोद तपाईंको पसलमा आउॅंदा तपाईंको व्यवहार सम्झन लायक नै थियो !
तपाई आफै बिरेन्द्र पराजुली जी को उपाध्यक्ष हो भन्ने कुरा स्विकार्न किन गाह्रो ? तपैईंको पहलमा जिल्लामा स्विकृत लिएको भोलिपल्ट देखी बोलचाल बन्द गर्नभयो ! जिल्लाको कुनै पनि कार्यक्रममा जानकारी गराउन छाड्नुभयो ! त्यो भन्दा अगाडीका दिनसम्म दिनदिनै (दिनमा २-४ पटक पनि) फोन गर्नुहुन्थ्यो ! कि होइन ?
तपाईंकै कारण कास्किमा फाटो आएको स्विकार्नुस् !
तपाईं लगाएत तपाईंको सदस्यले मसॅंग भेटेर कुरा गर्न खोज्नुभयो कि फेसबुक कमेन्टमा ? पुराना तपाईंकै सहकर्मी कार्यसमिति साथिहरु सबैलाई बिना जानकारी आउट गर्नुभयो !
इतिहास बिर्सिन पाईन्छ ?
तपाईको उपाध्यक्षले तपाईको पुर्व अध्यक्षसॅंग राजिनामा बुझाएको पत्र मसॅंग सुरक्षित छ ! स्विकृत भएको छैन नि हैन ?
सदस्यता शुल्क १०,०००/- बिधान बिपरित केका लागी ? किन ? पुराना(नि-वर्तमान)कार्यसमितीलाई जानकारी हुनु पर्दैन ?
मैले माफि पत्र बुझाउनु पर्यो केन्द्रमा ? सपना देख्नु नराम्रो होईन !
#पृथ्वीपथ