नेपाली काङ्ग्रेस सांसद नागिना यादवको आपत्तिजनक अभिव्यक्ति : “म मन्त्री भएको भए दुर्गा प्रसाईलाई सुट हान्ने आदेश दिन्थें”
काठमाडौं, वैशाख २९ – नेपाली काङ्ग्रेसकी सांसद नागिना यादवको पछिल्लो अभिव्यक्तिले राष्ट्रिय राजनीति र सामाजिक सञ्जालमा चर्को बहस र आलोचना निम्त्याएको छ। एक कार्यक्रममा बोल्दै सांसद यादवले भनिन्, “म मन्त्री भएको भए दुर्गा प्रसाईलाई सुट हान्ने आदेश दिन्थें।”
उनको यो अभिव्यक्तिलाई लिएर धेरैले गम्भीर मानवअधिकार उल्लंघनको संकेतका रूपमा लिएका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै सर्वसाधारण देखि राजनीतिक विश्लेषकहरू सम्मले यादवको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् र यसलाई असंवैधानिक, आपराधिक र लोकतान्त्रिक मूल्य विपरीत भएको बताएका छन्।
मानवअधिकारकर्मी र कानुनी विज्ञहरूले समेत सांसद यादव विरुद्ध छानबिन गर्न माग गरेका छन्। वरिष्ठ अधिवक्ता दिनेशकुमार श्रेष्ठ भन्छन्, “कुनै पनि जनप्रतिनिधिबाट यस प्रकारको हिँसात्मक र गैरजिम्मेवार अभिव्यक्ति आउनु लोकतान्त्रिक मर्यादाको गम्भीर उल्लंघन हो। यसै त दुर्गा प्रसाई आफुलाई मार्ने सम्मको आदेश थियो भन्ने सुचना पाएपछी ज्यान जोगाउन फरार भएको हॅु भनेका थिए । अन्तत सत्य साबित भयो नि ? त्यसैले यस्तो अभिव्यक्तिलाई सजिलै लिन सकिन्न।”
यस विषयमा भने आत्मसमर्पण गर्दै हिरासत पुगेका दुर्गा प्रसाई र उनको अभियानले अझै औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर उनका धेरै सामाजिक सन्जाल प्रयोग कर्ता तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत सासंद यादवको विरोध जनाएका छन्।
यसैबीच, नेपाली काङ्ग्रेसले पनि यस विषयमा स्पष्ट धारणा दिन बाँकी नै रहेको छ। पार्टी भित्रैबाट सांसद यादवको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउने आवाजहरू पनि उठ्न सक्ने अनुमान गरिएको छ ।
पदिय गरिमा र जनप्रतिनिधिको भूमिकाप्रति गम्भीर प्रश्न उठाउने गरी आएको यस अभिव्यक्तिले मुलुकको राजनीतिक संस्कृतिमा कस्तो असर पार्नेछ भन्ने चासो सर्वत्र देखिएको छ। मानवअधिकार आयोगले पनि यस्तो अभिब्यक्ति दिनेलाई अनुगमन गर्नुपर्छ । एक बरिष्ठ अधिबक्ताले बताए
अब प्रश्न उठेको छ – के यस्तो आपत्तिजनक र हिँसात्मक अभिव्यक्तिमा कानुनी रूपमा यादवलाई कारबाही हुन्छ त? के सांसद यादवले सार्वजनिक माफी माग्लिन वा के हुन्छ होला ? जनताको चासो रहेको छ ।