ओखतीजन्य गाँजा वा भांगको जरा र महत्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाँजा वा भांगको जरामा फ्राइडेलिन (Friedelin) र एपिफ्रिडेलानोल ( Epifriedelanol)  मूलतः  दुई ट्राइटरपेनोइडहरू पाइन्छ जुन गाँजाले आफूलाई हानि गर्न आउने  सिकारी बिरुवाहरू बाट आफूलाई बचाउन उपयोगमा ल्याउने गर्दछ। तर त्यही फ्राइडेलिन र एपिफ्रिडेलानोल मानव स्वास्थ्य र कल्याणलाई पनि फाइदाकारी हुने गर्दछ। फ्राइडेलिन ट्राइटरपेनोइडको कलेजोको - सुरक्षा गर्ने गुण हुन्छ।  अर्को पेन्टासाइक्लिक ट्राइटरपेनोइडको  एन्टिमाइक्रोबियल र एन्टि-इन्फ्लेमेटरी प्रभाव छोड्दछ। 

 गाँजा (दुवै गाँजा र भागो वा हेम्प) को  जरामा थोरै मात्रामा कोलिन हुने गर्दछ। कोलिन ( Choline) एक शक्तिशाली macronutrient हो जसले धेरै महत्त्वपूर्ण जैविक प्रक्रियाहरूमा भूमिका खेल्छ। जस्तै स्नायु कार्य, मस्तिष्क विकास, र ऊर्जाको भण्डार भण्डार क्षमता  बढाउने। कोलिन ( Choline) एक महत्त्वपूर्ण पोषक तत्त्व किन पनि हो भने हो कोलिनले तपाइको शरीरको  कोशिकाको झिल्ली बलियो गर्छ। मस्तिष्कको कार्य र ऊर्जाको स्तर वृद्धि हुँदा त्यसलाई चुस्त राख्न सहयोग गर्दछ। कोलिन ( Choline) गाँजाको जरा बाहेक अन्यमा पनि पाइन्छ।  तर गाँजाको जराको ढुटोमा हुने पर्याप्त फाइबर र अरू सहयोगी तत्त्वले गर्दा शरीरले यसको कोलिन सहज प्राप्त गरेको अनुभव विज्ञ वैज्ञानिकहरूको छ। 

मूलतः बुडापा लाग्दै जाँदा आफ्नो शरीर लाई तन्दुरुस्त राख्न यो गाँजाको जराको ढुटोमा हुने भर्चुअल पोषण तत्त्व कोलिन मानिसलाई तागतिलो राख्न सहयोग गर्दछ। रजोनिवृत्ति पछि (Post-menopausal women) महिलाहरूमा आउने समस्या घटाउन कायाकल्प बुटीको काम यसले गर्दछ। 

आयुर्वेदमा डायबिटिज जस्ता समस्यामा, तौल घटाउन गाँजाको जराको सार तत्त्व र चूर्ण उपयोग हुँदै आएको हो। मलाई यो कुरा भन्दा अत्यन्त गर्व लाग्दछ कि हालै मुसामा भएको सिरिज अफ वैज्ञानिक परीक्षणले गाँजाको जरा आयुर्वेदमा भनिए जस्तै डायबिटिज जस्ता समस्यामा, तौल घटाउन उपयोगी हुने देखाएको छ।  

शरीरमा महत्त्व पूर्ण तत्त्व कोलिनको कमी पूर्ति गर्न पनि यो उपयोगी हुने सिद्ध भएको छ।  

गाँजाको जराको सारतत्व वाट लिप बाम बनाउन सकिन्छ। छालाको दामी सेक्सी क्रिम बन्छ। जसको लागि सफा र सुक्खा दुई वटा जति जरा पिस्नुहोस्  र पाउडर बनाउनु होस् । त्यसलाई नरिवल तेल वा बटर (नौनी) मा मिसाउनुहोस्। नरिवल तेल र पानीको अनुपात २:१ हुने गरी हाल्नुहोस्।  तताउने क्रममा नजलोस् भनेर पानी थपी थपी त्यसलाई १२ घण्टासम्म कम तापक्रममा उमाली रहनुहोस्। त्यसलाई चिसो हुन गर्न दिनुहोस् र कडा हुन पनि दिनुहोस्। त्यसपछि माथि तैरिने जमेको भाग हावा टाइट भाँडोमा भण्डारण गर्नुहोस्। यसलाई तपाइको छाला चम्किलो गर्न, फुट्न नदिन र छालामा चिल्लो पन दिन प्रयोग गर्न सक्नुहुन्छ। 

गाँजाको जराको चिया पिउने हो भने जरा पिस्नुहोस्। पानीमा दालचिनी, पुदिना, अनिस आदि जस्ता अन्य मसला सामग्रीहरूसँग मिसाउनुहोस्। १२ घण्टासम्म कम तापमा उमाली रहनुहोस्। अन्तमा पिउनुअघि फिल्टर गरेर तातो वा चिसो पिउनु होस्।  जरुरी भए पछि पिउन सुरक्षित राख्नु होस्।

चेतावनी : यद्यपि गाँजाका जराहरूले स्वास्थ्य लाभहरू छन् तर  यसमा धेरै उच्च मात्रा पाइने अल्कलॉइडहरू अत्यधिक सेवन गर्दा विषाक्त हुन सक्छ।  विशेष गरी यसका पिरोलिडिन (Pyrrolidine) र पाइपरिडिन (Piperidine ) को अधिक सेवन वाट सेवनबाट बच्नु होला। अर्थात् दिनमा १-२ कप मात्र पिउने गर्नु होला। 

लिटरेचरहरूले गाँजाको जरामा फ्राइडेलिन ट्राइटरपेनोइड ७.५ देखि १२.८ मिलिग्राम/किलो हुने भनेता पनि परीक्षणमा २४ मिलिग्राम / किलो जति भेटिने गर्दछ। फ्राइडेलिन (Friedelin) एन्टि-इन्फ्लेमेटरी , एस्ट्रोजेनिक (Estrogenic Activity)  र एन्टिअक्सिडन्ट गुणको हुन्छ। गाँजाको जराको अर्क वाट आउने तेलमा  ७७.७%  कार्भोन (Carvone)  नामक मोनोटरपेन हुने गर्दछ। कार्भोन डिकन्जेस्टन्ट (Decongestant),  डाइयुरेटिक (Diuretic), पीडा दर्द घटाउने, एन्टि-इन्फ्लेमेटरी, र एन्टिभाइरल गुणहरू हुन्छन्। 

राम्रो कुरा के भने यो लागुअौषध तत्त्व समेत होइन।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।