पछिल्लो ४ महिनामा नेपालमा १३.४ अर्ब बराबरको स्मार्टफोन आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा रु. १३.४ अर्ब बराबरको स्मार्टफोन आयात भएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको पहिलो चार महिनाको वैदेशिक व्यापार तथ्यांकअनुसार नेपालले आठ लाख २७ हजार ९२५ युनिट स्मार्टफोन आयात गरेको हो।

यसमा सबैभन्दा बढी चीनबाट रु. ९.१९ अर्ब बराबरको स्मार्टफोन आयात भएको छ। यो कुल मोबाइल आयातको लगभग दुई-तिहाई हो। भारतबाट रु. ४.०२ अर्ब बराबरको स्मार्टफोन आयात गरिएको विभागको तथ्यांक छ।

सरकारले स्मार्टफोन आयातबाट रु. २.४९ अर्ब राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा १८.३ लाख युनिट स्मार्टफोन आयात भएको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।