पोखरा महानगरको योजना आयोगमा कार्यरत कर्मचारी मन्दिरा पराजुली र उनको परीवारबाट पिडित भए भन्दै हाम्रो सम्पर्कमा आउनुभएको रबि प्रसाद आचार्य जो मन्दिरा पराजुलीको श्रीमान हुनुहुन्छ उहाले आज हाम्रो कार्यलयमा गर्नुभएको संवादको अंश सहित पोखरा महानगरको न्यायीक शाखाको दर्ता नम्बर ८५ मा निष्पक्ष छानबिन गरी न्यायीक प्रक्रिया अगाडी बढाईदिनुहुन अनुरोध गर्दै दोस्रो पटक दर्ता गरेको निवेदन जस्ताको तस्तै
म रबि प्रसाद आचार्य ! बिगत दुई बर्ष देखि मेरो १० बर्ष जापान बसाईको क्रममा आर्जेको धनको हिसाब मागेको छु । मैले जापान बस्दा आर्जन गरेको धन मेरी श्रीमति मन्दिरा पराजुली, उनकी आमा दुर्गा देवि पराजुली, उनका बुवा दामोदर शर्मा, भाई सन्तोष शर्मा , र उनका दाईकी छोरी दिक्षा शर्माको नाममा पठाएको थिए । मैले मेहनेत गरेर आर्जेको धन मलाई फिर्ता देउ मलाई हिसाब देउ भन्दा म माथि बिस्वासघात भएको छ । मानसिक तनाव मात्रै नभएर मलाई कूटपिट गरेर मन्दिरा पराजुलीले कोठा बाट निकालेकी छन । म बाहिर बीहिर कहिले काहा के गर्ने हुन् भन्दै डराएर आफ्नै देशमा शरणार्थी जस्तो भएर बस्नु परेको छ ।
मैले बनाएको घरमा मलाई बस्न पनि नदिने , मेरो पैसाले किनेको जग्गा आमा दुर्गा देवि पराजूलिको नाममा छ त्यो पनि हैन छैन भन्ने फिर्ता पनि नदिने र सबै गरगहना पनि आमा दुर्गादेवि पराजूलीको बैकं लकरमै लुकाएर राखेका छन् त्यो पनि हैन छैन भन्ने । यसरी मेरो सम्पूर्ण सम्पति हडपेर मलाई सहकमा पुर्याउने साझिस हुदैछ । यस साजिसका मतियारहरू कहिले पुलिस लगाएर, कहिले नेता लगाएर कहिले पदियमर्यादा विपरित राज्य सत्ताको दुरूपयोग गरेर कहिले जिल्ला प्रहरि कार्यालयमा झुटा मुद्दा हालेर मलाई फसाउने अनेक खेल खेलिरहेका छन् । अझै कहिले सम्म रमिता गरिरहने हौ ? तिमीहरूलाई लाज, घिन र समाजको डर लाग्छ कि लाग्दैन । दरिद्रहरूले झै मेरो धन लुटेर खादा तिमिहरुको मन शितल हुने हो र ? म अहिले सबैको रमिताको पात्र बनेको छु । लुटेराहरू कुम्भकर्ण झै आनन्द मानेर बसेका छन् । मलाई एक दिन काट्न पनि एक बर्ष काट्न जस्तो पिडा र कष्ट भई रहेको छ तर पनि म अझै न्यायको लागि लडिरहेको छु लड्ने छु । मैले न्याय कहिले पाउछु वा पाउदिन थाहा छैन ।
सँगै बस्न पनि दिन्न, डिभोर्स पनि दिन्न र सम्पति पनि दिन्न भन्दै अन्याय र अत्याचार गर्ने पापी र दुष्टहरूलाई समाजले एकदिन पक्कै चिन्ने नै छ । सबै भन्दा दुखको कुरा यो छ कि जसले म माथि सबै भन्दा बढी अत्याचार र हिंसा गरेको छ त्यै ब्यक्ति आज पोखरा महानगरपालिका कार्यालय पोखरा को योजना आयोगको सदस्यको रुपमा कार्यरत छ । जागिरको दम्भ, रुपको घमन्ड, धनसम्पति , पारिवारिक विरासत र योग्यताको घमण्डमा उम्लेर म माथि यति धेरै अत्याचार गर्ने ब्यक्ति नै आज महानगरको योजना आयोगको सदस्यको रुपमा जागिर खान नैतिकताले मिल्छ कि मिल्दैन ? आफ्नै घरमा यो हदसम्मको अत्याचार गर्नेले महानगर विकासको लागि कस्तो योजना बनाउने हो ? यो देशमा के हुदैछ ? के यहि भएर हो र शतिले सरापेको देश भनेको ?
नैतिकताको पराकाष्ठा ।
महानगरमा दोस्रो पटक गर्ता गराएको निवेदन -
मेयरज्यू, पोखरा महानगरपालिका कार्यालय, पोखरा
विषय: व्यक्तिगत सम्पत्तिको हिनामिना मानसिक तथा शारीरिक अत्याचार सम्बन्धी छानबिनको लागि निवेदन
म रबि प्रसाद आचार्य पोखरा निवासी हुँ र म यहाँ निवेदन मार्फत मेरो गम्भीर समस्याको बारेमा तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु । मैले जापानमा १० वर्ष श्रम गरेर आर्जन गरेको धनसम्पति तथा बहुमुल्य गरगहना मेरी श्रीमती मन्दिरा पराजुली, उनकी आमा दुर्गा देवी पराजुली, उनका पिता दामोदर शर्मा, उनका भाई सन्तोष शर्मा पराजुली र उनका दाईकी छोरी दिक्षा शर्माको नाममा नेपाल पठाएको थिएँ। ती सम्पत्तिहरुमा मेरो मेहनतको कमाई रहेको भए पनि, मैले बारम्बार सम्पत्ति फिर्ता माग्दा म माथि विश्वासघात ,धोका, मानसिक पीडा, र शारीरिक अत्याचार समेतका घटनाहरू घट्दै आएका छन्।
मेरी श्रीमती मन्दिरा पराजुलीले मलाई घरबाट बाहिर निकालेकी छिन्,। जुन घर मैले आफ्नै पैसाले बनाएको थिएँ। मेरा अन्य सम्पत्ति तथा गरगहना पनि मेरी श्रीमती तथा उनको परिवारका सदस्यहरुले कब्जा गरेका छन्। बारम्बार सार्वजनिक स्थलमा म माथि हातपात र कूटपिट गरिएको छ । यसरी म माथि बारम्बार शारीरिक र मानसिक दमन भइरहेको छ। पटकपटक झूटो मुद्दा समेत लगाई राज्य शक्ति, राजनैतिक पौच र पदको दुरुपयोग गर्दै मलाई झनै पीडा दिने प्रयास भइरहेको छ। मैले जिन्दगीभरी कमाएको सम्पूर्ण सम्पति हडपेर मलाई सडकमा पुर्याउन सम्पूर्ण परिवार नै एकजुट भएर लागेका छन् ।
अझ दुःखको कुरा यो छ कि जसले म माथि सबैभन्दा ठूलो अन्याय गरेकी छन्, मेरी श्रीमती मन्दिरा पराजुली हाल पोखरा महानगरपालिका योजना आयोगको सदस्यको रुपमा कार्यरत छिन्। जसले परिवारमा यस्तो प्रकारको अन्याय र हिंसा गरेको छ, उनलाई नैतिकताका आधारमा यस्तो जिम्मेवारीमा राख्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न मेयर ज्यू समक्ष राख्न चाहन्छु।
म माथि भएका अन्याय, सम्पत्ति हिनामिना, र हिंसाका विषयमा महानगरपालिकाबाट छानबिन गरि मलाई न्याय सहित सम्पत्तिको हिसाब-किताब फिर्ता गर्ने प्रक्रिया थालनी गरिदिनुहुन अनुरोध गर्दछु। सार्वजनिक जिम्मेवारी बहन गर्न बसेका व्यक्तिले आफ्ना पारिवारिक जिम्मेवारीहरू समेत नैतिकतासँग पालन गरेको होस् । अन्यथा मैले मेरो न्यायको लागी मङ्सिर ५ गतेदेखि महानगर परिसरमै आमरण अन्सन बस्ने जानकारि गराउछु।
म न्यायका लागि अन्तिमसम्म लड्ने छु, तथापि महानगरपालिकाको जिम्मेवार अधिकारीको ध्यानाकर्षणले यस समस्याको समाधान छिटै होला भन्ने आशा गरेको छु ।
बोद्यार्थ
१.जिल्ला प्रहरी कार्यलय कास्की
२.जिल्ला प्रशासन कार्यलय कास्की
३.सम्पति शुद्दिकरण आयोग
भवदीय
रबि प्रसाद आचार्य