पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्षको गुनासो : “कर्मचारी अभावले काम ठप्प, ३ दिन भित्र समाधान नभए वडा कार्यालय बन्द गर्ने चेतावनी”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्षको गुनासो : “कर्मचारी अभावले काम ठप्प, ३ दिन भित्र समाधान नभए वडा कार्यालय बन्द गर्ने चेतावनी”

पोखरा, ३१ चैत्र— पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले आफ्नो वडामा प्रशासनिक कामकाज ठप्प भएको भन्दै पोखरा महानगरपालिका प्रशासनको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एक पोस्टमा वडाध्यक्ष पराजुलीले कर्मचारीको अभावका कारण वडामा विकास निर्माण तथा दैनिक प्रशासनिक कार्य अघि बढ्न नसकेको गुनासो गरेका हुन्।

उनले महानगरपालिकालाई ३ दिनको अल्टिमेटम दिँदै भनेका छन्, “आदरणीय वडाबासीहरूसँग बिनम्र अनुरोधसहित क्षमा प्रार्थी हुँदै, पोखरा महानगरपालिका प्रशासनबाट कर्मचारी व्यवस्थापन गर्न नसक्नु प्रशासनको कमजोरी हो कि कर्मचारीको ज्यादती? मेरो वडामा अहिलेसम्म कुनै काम हुन सकेको छैन।”

वडाध्यक्ष पराजुलीले चेतावनी दिँदै भनेका छन् कि यदि अबको ३ दिनभित्र वडामा आवश्यक कर्मचारी खटाइएन भने वडा कार्यालय अनिश्चितकालका लागि बन्द रहनेछ। साथै उनले पोखरा महानगरपालिकालाई वडाका सबै काम महानगरकै स्तरबाट सञ्चालन गर्न अनुरोध गरेका छन्।

स्थानीयबासीहरू प्रशासनको यो अवस्थाबाट असन्तुष्ट छन् र छिटो समाधानको माग गरिरहेका छन्। यसबारेमा महानगरपालिकाको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

वडाध्यक्ष पराजुलीको यो चेतावनीले पोखराको स्थानीय प्रशासनमा चासो र बहसको विषय बनाउने निश्चित छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।