पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्कीले ऐतिहासिक जित हासिल गरेका छन्। अध्यक्षका अर्का प्रत्यासी अर्जुन पोखरेललाई ४८८ मतको फराकिलो मतान्तरले पराजित गर्दै कार्कीले १३३९ मत प्राप्त गरी संघको नेतृत्व गर्ने भएका छन् ।

अर्जुन पोखरेल ले  ८५१ मत प्राप्त गरे तापनि यो चुनावले पोखराको व्यापारिक समुदायमा ठूलो चासो र उत्साह जगाएको छ। गोकर्ण कार्कीको यो विजयले संघमा नयाँ जोश र ऊर्जा भर्ने अपेक्षा गरिएको छ, जहाँ उनले व्यवसायीहरूको हकहितमा बलियो आवाज उठाउनेछन् भन्ने विश्वास ब्यक्त गरीएको छ ।

आगामी दिनमा कार्कीको नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघले व्यावसायिक वातावरण सुधार गर्दै व्यवसायीको समस्या समाधान र पहलमा ठोस कदम चाल्दै  विकास र समृद्दिको बाटोमा थप ठूला योजना प्रक्रीया अघि बढ्ने अनुमान गरीएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।