पोखरामा १०३ वर्षीया जेष्ठ नागरिक सुभद्रा सुवेदी सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरामा १०३ वर्षीया जेष्ठ नागरिक सुभद्रा सुवेदी सम्मानित

पोखरा, १६ फागुन 
ज्येष्ठ नागरिक सरोकार समाज नेपाल, पोखराले १०३ वर्षीया सुभद्रा सुवेदीलाई सम्मान गरेको छ। शनिबार २०८२–११–१६ गते संस्थाका पदाधिकारी तथा सदस्यहरूको टोली चिप्लेढुंगा स्थित सुवेदी निवासमै पुगेर सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

समाजका प्रतिनिधिहरूले दीर्घायु, अनुभव र समाजप्रतिको योगदानको कदर गर्दै सम्मानपत्र तथा दोसल्ला ओढाएर जेष्ठ नागरिक सुवेदीलाई सम्मान गरेका थिए। उक्त अवसरमा बोल्दै समाजका पदाधिकारीहरूले ज्येष्ठ नागरिकहरूको सम्मान, संरक्षण र अधिकार सुनिश्चित गर्न समाज निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसरी समाजले घरमै आएर गरेको सम्मानप्रति आभार व्यक्त गर्दै सुवेदि परिवारले ‘यस्तो कार्यले ज्येष्ठ नागरिकप्रति सकारात्मक सन्देश जाने बताएका छन्।’

ज्येष्ठ नागरिक सरोकार समाज नेपालले विगतदेखि नै ज्येष्ठ नागरिकहरूको हकहित, सम्मान र सामाजिक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।