पुर्व सभामुखको शोक बिदामा राज्यको अपरीपक्वता ! कर्मचारी र विद्यार्थीलाई निर्णय कार्यन्वयनमा समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल सरकारले पुर्व सभामुख दमननाथ ढुंगानाको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि, सरकारी कार्यालयहरू र विद्यालयमा काम गर्ने व्यक्तिहरूका लागि ठूलो कठिनाइ उत्पन्न भएको छ। नेपाल सरकारले उक्त निर्णय बिहान पौने दस बजे जारी गरेपछि, धेरै सरकारी कर्मचारीहरू र विद्यार्थीहरू स्कूल र कार्यालय पुगिसकेका थिए, जसका कारण उनीहरूलाई अप्रत्याशित असुविधा भोग्नु परेको छ।

विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आलोचना भइरहेका छन्, जहाँ सरकारको समयमा निर्णय नगर्ने प्रक्रिया र यसको प्रत्यक्ष असर नागरिक र कर्मचारीमाथि परेको विषयमा चर्चा भइरहेको छ। विशेष गरी, सरकारी कर्मचारीहरू जसले ड्यूटीमा पुगिसकेका छन्, सेवाग्राहीहरू जसले लाइनमा बसेका छन्, र विद्यार्थीहरूले विद्यालय पुगेपछि घर फर्कनुपरेको छ।

उक्त सार्वजनिक बिदाले सरकारको निर्णयको कारण नागरिकलाई प्रत्यक्ष कठिनाइ भोग्नु परेको छ। सरकारको समयमै निर्णय नगर्नु भनेको प्रशासनिक लापरबाही हो भन्ने कुरा स्पष्ट आकलन गर्न सकिन्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।