राप्रपा नेता अरुण गिरी ले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग गरेका छन् ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राप्रपा नेता अरुण गिरी ले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग गरे 

पोखरा, २३ चैत्र  — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य अरुण गिरीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने माग गरेका छन्। उनले कांग्रेस-एमाले गठबन्धन सरकारलाई ‘ढाँट सरकार’ को संज्ञा दिँदै, जनताको हत्या, दमन र झूटको राजनीति गर्ने सरकारलाई राप्रपाले समर्थन गरिरहनु अस्वीकार्य रहेको बताए।

गिरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “आँखै अगाडि जनताको हत्या गर्ने, जनतालाई दमन गर्ने र शानका साथ झूटो बोल्ने ढाँट सरकार (कांग्रेसेमाले सरकार) लाई गण्डकीमा राप्रपाले अझैपनि समर्थन गरिरहनुको कुनै औचित्य छैन। विरोध स्वरूप समर्थन फिर्ता लिउँ।”

उनको यो भनाइले गण्डकी प्रदेशको वर्तमान सत्ता समीकरणमा नयाँ बहस सुरु गराउनेछ। हालसम्म राप्रपाले गण्डकी सरकारमा प्रत्यक्ष रूपमा सहभागिता नजनाए पनि समर्थनको भूमिकामा रहेको थियो।

गिरीको अभिव्यक्तिपछि राप्रपाभित्र सत्ता समर्थनको विषयमा आन्तरिक छलफल चर्किने देखिएको छ।

पार्टी नेतृत्वले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।