रास्वपा कास्कीको धन्यवाद तथा शुभकामना कार्यक्रम, निर्वाचित उम्मेदवारहरू सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रास्वपा कास्कीको धन्यवाद तथा शुभकामना कार्यक्रम, निर्वाचित उम्मेदवारहरू सहभागी हुने

फाल्गुन २७ पोखरा  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले धन्यवाद तथा शुभकामना ज्ञापन कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम फागुन २७ गते बिहान ११:३० बजे पोखरा–८ सिर्जनाचोकस्थित ह्वाइट हाउस पार्टी प्यालेस मा आयोजना हुने जनाइएको छ।

पार्टीका अनुसार हालै सम्पन्न निर्वाचनपछि मतदाता, समर्थक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारण नागरिकको उपस्थिति रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा कास्की जिल्लाबाट  निर्वाचित उम्मेदवारहरूको विशेष सहभागिता रहने बताइएको छ। यस क्रममा कास्की–१    बाट निर्वाचित उम्मेदवार गणेश पौडेल, कास्की–२ का उत्तम प्रसाद पौडेल , कास्की–३ बाट  निर्वाचित बिना गुरुङ तथा समानुपातिकतर्फकी उम्मेदवार विष्णु गुरुङ लगायतको उपस्थिति रहने जनाइएको छ। कार्यक्रममा उनीहरूले निर्वाचन अनुभव तथा आगामी राजनीतिक योजना बारे पनि आफ्नो धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ।

रास्वपा कास्कीका पदाधिकारीका अनुसार कार्यक्रमले पार्टी समर्थकबीच एकता र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। साथै, जनतासँग प्रत्यक्ष संवाद गर्दै आगामी दिनमा पार्टीका गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यसमेत रहेको बताइएको छ।

पार्टीले कार्यक्रमलाई सफल बनाउन नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुक सबैलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।