रवीन्द्र मिश्र र प्रचण्डको भेटले ल्याएको तरंग
मिश्र र प्रचण्डबीच प्रचण्डनिवास खुमलटारमा भेट भएपछी :
१ आन्दोलनमा ज्ञानेन्द्र अलि नरम भइिदएको भए आज परिस्थिति अर्कै हुन्थ्यो : प्रचण्ड
२ पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका भिजनरी रहेछन् : प्रचण्ड
३ प्रचण्डले निरन्तरतामा क्रमभंगता अत्यावश्यक भइसकेको बताएको मिश्रद्वारा उल्लेख
५ प्रचण्डको वास्तविकता त्यही हो : डा बाबुराम भट्टराई
६ रविन्द्र मिश्रको फेसबुक स्टाटसप्रति बोल्यो प्रचण्डको सचिवालय, भन्यो- सस्तो राजनीतिक प्रचारमा नलाग्दा राम्रो
तपाईलाई के लाग्छ ?
रवीन्द्र मिश्रको पहिलो स्टाटस :
प्रचण्डसँग मनका कुरा!
हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।
"अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश 'विस्फोटनको अवस्था' तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको 'अग्रगमन', नाम र सालिक केही बाँकी रहने छैन।" लामो व्याख्या सहित सारमा मैले यही भनेँ।
त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो:
१। यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।
२। पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका 'भिजनरी' राजा रहेछन्।
३। द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।
४। राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।
५। देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।
६। अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।
७। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। 'निरन्तरतामा क्रमभंगता' अत्यावश्यक भइसक्यो।
कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।
सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै वितिसकेको छ/वित्नेछ भन्नेमा संभवत: उनीहरू अनभिज्ञ थिए।
म चाहिँ 'ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु' भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु।
डा बाबुराम भट्टराईको स्टाटस :
वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याॅउ गरिहाल्छ रे!प्रचण्ड र रवीन्द्र मिश्र वीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो। तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखीजान्ने सबैलाई थाहा छ अहिले 'बिरालो म्यॉउ' गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो।
यसको अर्थ हो- गणतन्त्र,धर्मनिरपेक्षता,सङ्घीयता,समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउंदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसंग साॅटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन्! खोस्न दिनु हुँदैन!
सचिवालयको तर्फबाट प्रचण्डकी छोरी गंगा दाहालको स्टाटस :
हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्र जीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनु भएको छ साथै पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नु भएको छ।
जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपुर्ण आन्दोलनको नेतृत्व गर्नु भयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नु भयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तब्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ। उहाँका विचार भनेर मिश्र जी ले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।
पन्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोहि नेपाली भ्रममा होलान् र मिश्र जी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि? - सचिवालय
रवीन्द्र मिश्रको दोश्रो स्टाटस :
प्रचण्ड सचिवालयको खण्डन:
हिजो प्रचण्डजी र म बीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ।
त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व संझिएको छु। उहाँको सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभारी छु।
मेरो थप सानो मात्र टिप्पणी छ:
ठूला नेताहरूसँग भेट्दा "यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस्" भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।
संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै 'प्रचण्ड पथगामी' हुन्। 'नेपालको संविधान २०७२' वास्तवमा 'प्रचण्डको संविधान २०७२' हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु।
त्यसैले ठूला पार्टीहरूलाई आ-आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु ।#RabindraMishra #Prachanda#Baburambhattrai #Gangadahal #PoliticalNews