कास्की ।पोखरा
हिजो मिति २०८१ साल मंसिर महिना ८ गते शनिबार हेम्जा - २५ मा अवस्थित श्री अम्बिका माध्यामिक विद्यालयमा आस्था किड्की एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा लि .र पश्चिमाञ्चल डाइगोनोस्टिक एण्ड रिसर्च सेन्टर प्रा लि . को प्राविधीक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
रगत र रक्ततत्वको आकस्मिक व्यवस्थापन सँगै संस्थाले " स्वास्थ नै सबै भन्दा ठूलो धन हो " भन्ने नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखा ले सामाजिक उत्तरदायित्व अन्तर्गत निः शुल्क स्वास्थ शिविर कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की अध्यक्ष दिपेन्द्र अधिकारी को अध्यक्षतामा संयोजक महादेव अधिकारी ले गर्नु भएको थियो । उक्त शिविरमा अभिभावक, कर्मचारी, शिक्षक, शिक्षिका तथा विद्यार्थी गरि जम्मा १६० जनाले रक्त परिक्षण ( Fasting Lipid profile & Sugar) परिक्षण गर्नु भएको थियो भने २२५ जानाले विशेषज्ञ सेवा लिनु भएको थियो ।
उक्त कार्यक्रममा डा . रुबल रानाभाट, डा. आयुष तिमिल्सिन, डा. अजुर्न न्यौपाने, रजनि आचार्य, दिपेश आचार्य, करुर्ण पौडेल, सुन्दर श्रेष्ठ , परसुन अधिकारी, सुमन सापकोटा, लेखनाथ रेग्मि, प्रमोध महत्व, अर्जुन कार्की, भेषराज पराजुली, कृष्ण खड्का, मित्रलाल गैहे, कृष्णकान्त सापकोटा, देबेन्द्र धिताल, रमेश थपलिया को प्राबिधिक सहयोग रहेको थियो ।
शिविरमा विद्यालयलाई आवश्यक प्राथमिक स्वास्थ्य उपचार सेवा सामाग्रीहरु विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक बहादुर थापा ज्युलाई सभाअध्यक्ष ले हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव बिशाल अर्याल ले गर्नु भएको थियो ।
शिविरको लाभ लिनुहुने संपुर्णमा स्वास्थ लाभको कामना ! शिविर संचालनमा आवश्यक औषधि उपलब्ध गराउनुहुने उद्योग तथा बजार प्रतिनिधि प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।
तस्बिर : झलक राना मगर ( शिक्षक )