पोखरामा संचालनमा रहेका तथा संचालन गर्न सकिने व्यवसायीक क्षेत्रको अध्ययन पश्चात पोखरा उद्यम क्लिनिक सम्बन्धि प्रतिवेदन पोखरा महानगर प्रमुख धनराज आचार्य समक्ष प्रस्तुत गरिएको छ ।
व्यवसाय प्रवर्द्धन केन्द्र पोखरामहानगरपालिका संगको सहकार्यमा पोखरा रिसर्च सेन्टरले तयार पारेको प्रतिवेदनमा समग्र पोखराको उद्यमको अवस्थावारे विभिन्न माध्यमबाट अध्ययन गरिएको छ। अध्ययनले अगामी दिनमा सुधार गर्नुपर्ने सन्दर्भहरुलाई सुझावको रुपमा प्रस्तुत गरिएको छ ।
पर्यटन व्यवसायलाई थप प्राथमिकता दिईएको प्रतिवेदनमा आधारित भइ विभित्र उद्योग तथा पर्यटन क्षेत्रमा क्रियाशील अगुवाहरुले टिप्पणी गर्दै सुझावहरु प्रस्तुत गरिने कार्यक्रमले पर्यटन राजधानी पोखराको विकासमा नितिगत तथा व्यवहारिक सहयोग पुग्ने बिश्वास गरिएको छ।