उत्तर प्रदेश (UP), भारतको सबैभन्दा जनसंख्या भएको र ऐतिहासिक रूपमा अविकसित राज्यहरू मध्ये एक, योगि आदित्यनाथले नेतृत्व सम्हाले पश्चात् चमत्कारिक रूपमा आर्थिक रूपान्तरण गरेको छ। गरिबी र कमजोर शासनको विशेषता भएको राज्यबाट समृद्धि र बलियो अर्थतन्त्र निर्माण हुनुमा तीव्र आर्थिक वृद्धि, पूर्वाधार निर्माण र सुशासनमा गरेको उल्लेखनीय सुधारलाई कारक मानिन्छ। उत्तर प्रदेश (यूपी), तमिलनाडुलाई पछि पार्दै भारतको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उभिएको छ। राज्यको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब ३५६ अर्ब डलर पुगेको छ । यो महत्वपूर्ण आर्थिक वृद्धि पूर्वाधारमा पर्याप्त लगानी, औद्योगीकरणको प्रवर्द्धन, सीप विकास, र पर्यटन सहित योगि सरकारले चालेको विभिन्न रणनीतिक परिणाम हो।
युपि राज्यले अब भारतको राष्ट्रिय GDP मा लगभग 9.2% योगदान गर्दछ भने महाराष्ट्र्लाई पछी पार्ने दौडमा छ। राज्यले सन् २०२७ सम्ममा १ ट्रिलियन डलरको अर्थतन्त्र हासिल गर्ने दिशामा पनि काम गरिरहेको छ भने विश्वस्तर चर्चित परियोजनाहरुको निर्माणले विश्व समुदायको ध्यान तानिरहेको छ। नोएडा अन्तरास्ट्रिय एयरपोर्ट, गंगा एक्सप्रेसवे, नोएडा फिल्म सिटी,अयोध्या राम मन्दिर , आगरा मेट्रो, लखनऊ मेट्रो,कानपुर मेट्रो दिल्ली-वाराणसी हाई-स्पीड ट्रेन , केन - बेतवा नदी लिङ्क लगायत विश्व विख्यात मेगा परियोजनाहरु सम्पन्न हुने क्रममा छन् ।
सरकारले सडक राजमार्ग, औद्योगिक करिडोर लगायतका पूर्वाधारमा ठूलो लगानी गरेको छ । पूर्वाञ्चल एक्सप्रेसवे र बुन्देलखण्ड एक्सप्रेसवे जस्ता परियोजनाहरूले कनेक्टिभिटीमा सुधार गरेको छ, आर्थिक गतिविधिहरूलाई बढावा दिएको छ। राज्यले किसानहरूलाई ऋण माफी प्रदान गरेको छ भने साना र सीमान्त किसानहरूमा आर्थिक दबाब कम गर्दै मल र उन्नत प्रजातिको बीउ जस्ता सामाग्री अनुदानमा दिएको छ । सिँचाइ सुविधाको विस्तारले कृषि उत्पादकतामा सुधार ल्याएको छ, कृषक समुदायहरूको लागि राम्रो आय सुनिश्चित गरेको छ। योगि सरकारले सब्सिडी र कल्याणकारी भुक्तानीहरू सिधै लाभार्थीहरूलाई पुर्याउन, चुहावट घटाउन र गरिबहरूलाई लाभ सुनिश्चित गर्न DBT जस्ता कार्यक्रमको प्रभावकारी रूपमा उपयोग गरेको छ।
आवासको लागि प्रधानमन्त्री आवास योजना (PMAY), र राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐन (NREGA) जस्ता योजनाहरूले गरिबहरूलाई आधारभूत सुविधा र रोजगारीका अवसरहरू उपलब्ध गराएको छ। स्किल इन्डिया मिशन अन्तर्गत राज्यले स्किल इन्डिया पहलमा सक्रिय रूपमा सहभागी भएको छ, युवाहरूलाई व्यावसायिक तालिम प्रदान गर्ने जस्ता क्रियाकलापले रोजगारी बढाएको छ र बेरोजगारी घटाएको छ। माइक्रोफाइनान्स र सेल्फ हेल्प समूहहरू (SHGs) लाई गेरेको प्रोत्साहनले महिला र ग्रामीण समुदायहरूलाई सशक्त बनाएको छ । उनीहरूलाई साना व्यवसायहरू सुरु गर्न र आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्षम बनाएको छ।
स्वास्थ्य सेवा पूर्वाधारको विस्तार र आयुष्मान भारत जस्ता योजनाहरूले स्वास्थ्य सेवालाई थप पहुँचयोग्य र प्रभावकारि बनाएको छ । चिकित्सा खर्चले परिवारलाई गरिबीमा धकेल्नबाट रोकेको छ। शैक्षिक सुधारहरू जस्तै विद्यालयको पूर्वाधार, मध्यान्न खाजा, र निःशुल्क पाठ्यपुस्तकहरू सुधार गर्ने उद्देश्यले सरकारी पहलहरूले विद्यालय भर्ना बढेको छ र छाड्ने दर घटाएको छ, जसले गर्दा राम्रो शैक्षिक नतिजा र दीर्घकालीन गरिबी न्यूनीकरण भएको छ। हाल उत्तर प्रदेशको कुल स्थापित बिजुली उत्पादन क्षमता 30,000-32,000 मेगावाट छ, मुख्यतया कोइलाबाट चल्ने थर्मल पावर प्लान्टहरू, नवीकरणीय ऊर्जा, विशेष गरी सौर्य ऊर्जा, जलविद्युत परियोजनाहरू, र बायोमास बाट ९९% जनतामा विद्युत पहुँच पुगेको छ। राज्यले नवीकरणीय ऊर्जा, विशेष गरी सौर्य ऊर्जामा उल्लेखनीय लगानी गरेको छ, जसले समग्र ऊर्जा उत्पादनमा योगदान पुर्याएको छ।
पारदर्शिता र जवाफदेहिता कायम गर्न : ई-गभर्नेन्स र भ्रष्टाचार विरोधी उपायहरूलाई बलियो बनाइएको छ र सार्वजनिक कोषलाई प्रभावकारी र सुनिश्चित गरि गरिबहरू लाभान्वित भएका छन। यी संयुक्त प्रयासहरूले उत्तर प्रदेशमा गरिबीको स्तर क्रमिक रूपमा घटाउन योगदान पुर्याएको छ, यद्यपि चुनौतीहरू बाँकी छन्। राज्यले विशेष गरी पछिल्लो दशकमा आफ्ना बासिन्दाहरूको जीवनस्तरमा सुधार ल्याउन महत्त्वपूर्ण प्रगति गरेको छ।
योगि सरकारले निर्यातमा पनि उल्लेखनीय सुधार गरेको छ। सन् २०१७ मा निर्यात लगभग $१२ बिलियन को निर्यात गरेकोमा सन् २०२३ मा $२५ बिलियनको निर्यात गर्न सफल भयको छ। "एक जिल्ला एक उत्पादन" (ODOP) पहलले राज्यको निर्यात क्षमतालाई बढाउँदै परम्परागत उद्योगहरूलाई पुनर्जीवित गरेको छ।एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार सन् २०२४ माफियामुक्त उत्तर प्रदेशका लागि परिचित हुनेछ। योगी सरकारको अपराध र अपराधीहरू विरुद्ध शून्य सहनशीलताको नीतिले राज्यमा दशकौंदेखि आतंकको पर्यायवाचक माफिया साम्राज्यहरूलाई ध्वस्त पारेको छ। राज्यमा हालसम्म ५७७५ करोडभन्दा बढीको गुण्डा र माफियाको सम्पत्ति पनि जफत गरिएको छ ।