युक्रेनको हमलाका कारण रुसको बेल्गोरोद क्षेत्रमा पनि संकटकाल घोषणा !!

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुसको बेल्गोरोद क्षेत्रमा युक्रेनले गरेको हमलाका कारण संकटकाल घोषणा गरिएको छ। बेल्गोरोद क्षेत्रको गभर्नरले युक्रेनी सेनाको आक्रमणले स्थानिय जनजीवनमा गम्भीर असर पुर्याएको बताएका छन्। संकटकालको घोषणा गर्दा नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरिएको छ। 

युक्रेनी सेनाले बेल्गोरोद क्षेत्रका विभिन्न स्थानमा लगातार हमला गर्दै आएको छ, जसका कारण ठूलो क्षति भएको छ। स्थानीय अधिकारीहरुले युद्धको प्रभावले गर्दा जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र युद्धको प्रभावबाट जोगिन सबैलाई सचेत रहन भनेका छन्।

रुसको यो क्षेत्र युक्रेनसँगको सीमामा पर्ने भएकाले यहाँ लगातार तनावपूर्ण अवस्था रहेको छ। संकटकालको घोषणापछि, यस क्षेत्रमा अझै कडा सुरक्षा उपायहरु अपनाइने छन् र यसबाट जनताको सुरक्षा सुनिश्चित गरिने प्रयास हुनेछ।

सकटकाल अवधिमा स्थानीय प्रशासनले आपतकालीन सेवाहरुको सशक्त परिचालन गर्ने र क्षति न्यूनीकरण गर्न आवश्यक सबै कदम उठाउने जनाइएको छ। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।