उपप्रधानमन्त्री प्रकाशमान सिंहको कार्यकक्ष सिँगार्न भत्काउन लागिएको भवनमा खर्च गरियो ४९ लाख
काठमाडौँ– “उपप्रधानमन्त्रीको कार्यालय र सचिवालय उपप्रधानमन्त्रीको जस्तो हुनुपर्यो। अहिले जस्तो कार्यालय र सचिवालय छ, यो उपप्रधानमन्त्रीलाई सुहाउँदो भएन। बेलाबेला कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुपर्ने उपप्रधानमन्त्रीको ओहोदालाई ख्याल गरेर यसलाई रेनोभेट गर्नुपर्यो।”
करिब पाँच महिनाअघि उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री नियुक्त भएर शहरी विकास मन्त्रालय प्रवेश गरेका कांग्रेस नेता प्रकाशमान सिंहको सचिवालयले त्यसको …