निष्ठाको नाममा निरंकुशता?
राप्रपामा पछिल्लो समय देखिएको आन्तरिक द्वन्द्व र निर्णय प्रक्रियाले नेतृत्वको चरित्रबारे गम्भीर प्रश्न उठाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले फेरी आज अर्का केन्द्रिय सदस्य तथा उपाध्यक्ष मुकुन्दश्याम गिरिलाई पदमुक्त गरेका छन ।पदमुक्त गर्ने निर्णय सार्वजनिक भएसँगै, पार्टीभित्रको असन्तोष झन् चर्किएको छ। नेतृत्वको यो एकपक्षीय कदमलाई धेरैले अनुशासनको नाममा असहमति दबाउने निरंकुश प्रवृत्तिको रूपमा व्याख्या गरिरहेका छन्।
पार्टीको लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको भन्दै नेतादेखि कार्यकर्तासम्म असन्तुष्टि व्यक्त भइरहेका छन्। फरक मत राख्नेहरूलाई निष्कासन गर्ने र बोल्न डराउने वातावरण सिर्जना हुनु लोकतन्त्रको मूल मर्मसॅग मेल खाँदैन। लिङ्देनको नेतृत्व शैलीलाई कतिपयले पूर्व प्रधानमन्त्री केपी ओलीको निरंकुशतासँग तुलना गर्न थालेका छन्।
राप्रपा नेतृत्वले लोकतन्त्र र आन्तरिक संवादलाई मजबुत बनाउनुभन्दा पनि ‘निष्ठा’ को नाममा पार्टीभित्र भएको अस्वाथीर वातावरण सिर्जना गर्नु दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ। यदि नेतृत्वले आफ्ना आलोचकलाई दबाउने शैली निरन्तर अपनाइरह्यो भने, पार्टी फुट वा पतनको सम्भावना बढ्न सक्ने आकलन गरिएको छ ।