दुर्गा प्रसाई उच्च अदालतको आदेशमा रिहा, देश निर्माणको प्रतिबद्धतामा सम्झौता नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुर्गा प्रसाई उच्च अदालतको आदेशमा रिहा, देश निर्माणको प्रतिबद्धतामा सम्झौता नगर्ने 

काठमाडौं, साउन २० —

राष्ट्रवाद, हिन्दु राष्ट्र र जनआन्दोलनको अभियन्ता दुर्गा प्रसाई उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भएका छन्। विभिन्न मुद्दामा पक्राउ परी कारागारमा रहेका प्रसाई २८ लाख ५० हजार धरौटीमा रिहा भएपछि मंगलबार सार्वजनिक रूपमा धन्यवाद ज्ञापन गर्दै आफ्नो रिहाइलाई ‘न्याय जीवितै छ भन्ने सन्देश’का रूपमा व्याख्या गरेका छन्।

 

रिहाइपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै प्रसाईले आफ्नो गिरफ्तारीपछिको समयलाई ‘देश र जनताको सेवाको निरन्तर साधना’को रूपमा चित्रित गरे। उनले लेखे, “जिल्ला अदालतको आदेशमा खुशीसाथ कारागार गइयो, उच्च अदालतको आदेशमा देश निर्माणको भावी योजनासहित खुशीसाथ फर्किंदैछु।”

 

प्रसाईले कारागार प्रशासन, प्रहरी, कैदीबन्दी साथीसँगको अनुभवलाई सकारात्मक बताउँदै भने, “सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन।”

 

देश र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै उनले भविष्यमा शैली र तरिका फेरिन सक्ने संकेत गरे पनि आफ्नो सोच, भावना र कर्म राष्ट्रका लागि अटल रहने बताएका छन्।

 

उनले देश तथा विदेशमा रहेका आफ्ना समर्थक, शुभचिन्तक र हौसला प्रदान गर्ने सम्पूर्ण नेपालीलाई हार्दिक धन्यवाद दिँदै अदालत परिवारप्रति समेत कृतज्ञता व्यक्त गरेका छन्।

 

दुर्गा प्रसाईको रिहाइसँगै राजनीतिक वृतमा नयाँ बहस सुरु भएको छ भने उनका समर्थकहरूले सामाजिक सञ्जालमा उनलाई स्वागत गर्न थालेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।