३७ वर्ष पुरा भयो ४५ सालको नाकाबन्दीको
२०४५ चैत १० मा सकिने पारवहन सन्धी नविकरण गर्न अस्विकार गर्दै भारतले सोही दिनबाट दुइ नाकामा सिमित सुविधा दिदै नेपालमाथी एक प्रकारले आर्थिक नाकावन्द लगाएको थियो । त्यसबेला प्रधानमन्त्री रहेका मरिचमानसिंहको सरकार त्यसबेला झुक्न चाहेन । भारतले चाहे जस्तो पारवहन सम्झौता गर्न नेपालले अस्विकार गरेपछि भारतले दवाव दिने मनसायले नाकाबन्दी लगाएको थियो । तत्कालीन राजा वीरेन्द्रले पनि भारतको मनसाय वमोजिम सम्झौता नगर्न प्रधानमन्त्रीलाई निर्देशन दिएका थिए ।
यसरी देश आक्रान्त रहेको समयमै २०४६ को माघ ५-७ गते गणेशमानसिंहको चाक्सीवारी निवासमा भएको नेपाली कांग्रेसको अधिवेशनले सरकारको बिरुद्ध आन्दोलनको घोषणा गरेको थियो । जनता नाकावन्दको पिडाले सरकार प्रति बितृष्णा जगाइरहेकै समयमा देश र जनताको साथ दिनुपर्ने दलका नेताहरुले घुमाउरो पारामाा भारतलाई सहयोग गरेझै गरेर आन्दोलनको घोषणा गरेको थियो । दलहरुको सोच जनता सहजै आन्दोलनमा सहभागी हुन सक्छ भन्ने दलहरुको सोच थियो ।
नाकावन्दको पृष्ठभूमी
नेपाल सरकारले निकै अगाडिदेखि केही हतियार किन्ने तैयारी गर्दै थियो । बि.संं २०३० सालमा नै भारत सरकारसंग हतियार खरिदका लागि प्रस्ताव पनि गरेको थियो । तर भारत सरकारले भने तीन तिरबाट भारतले घेरिएको हुँदा बाह्य सुरक्षाको डर नभएको हुँदा हतियारको आबश्यकता नरहेको जीकिर गर्दै हतियार बेच्न अस्विकार गर्यो । दोश्रो भारतले बेच्ने हतियार भारतका लागि नै खतरा नहोस भन्ने मनसाय पनि थियो । यसको साथै राजा वीरेन्द्र तथा राजीव गान्धी बिच पनि केही फाटो उब्जिएको थियो ।
यसरी भारतबाट हतियार खरिद गर्न नपाए पछि राजा वीरेन्द्रले चीनलाई प्रस्ताव गर्यो र स्वीकृति पाएपछि आकाशबाट आक्रमण गर्न सकिने चाइनिज एयर डिफेन्स आर्टिलरी ‘एन्टी एयरक्राफ्ट गन’ चीनबाट खरिद गर्यो । यसरी चीनबाट हतियार ल्याएको भन्दै नेपालसँग रिसाएको भारतले पारवहन सन्धी नविकरण गर्न अस्विकार गर्दै नेपाल माथि नाकाबन्द लगायो ।
यस अगाडि पनि २०२७ सालमा नेपालले चीन सरकारको सहयोगमा अरनिको राजमार्ग बनाएर चिनियाँ सामग्री आयात गरि नेशनल ट्रेडिङ मार्फत बिक्री बितरण गरेको निहुँमा नाकाबन्दी लगाएको थियो । त्यसबेला पनि राजा महेन्द्रले झुक्न चाहेनन् । यसपटक राजा वLरेन्द्र अडिग रहँदा भारत सरकारले करिव १५ महिना नाकाबन्द गर्यो ।
देश नाकावन्दको पिडामा पिडित भइरहेको समयमा आजका गणतन्त्रका हिमायतीहरू नै भारतसंग साथगाथ गरि आन्दोलनमा कुर्लिएका थिए । भारतीय नेताहरूलाइ चाक्सीवारीमा निम्तो दिएर नेपाल विरुद्ध नै बोल्न लगाएका थिए ।
२०४५ सालमा नेपालको आफ्नै खाद्यान्न उत्पादनले ६० प्रतिशत भन्दा बढी धानेको थियो । यातायातका साधनको चाप त्यति बिघ्न थिएन । तसर्थ पेट्रोलियम पदार्थहरु जहाजबाट तेश्रो मुलुकबाट आयात गरेर आपूर्ति दिन सकिएको थियो । धेरै जसो दाउराबाट खाना पकाउने गर्दथे तसर्थ समस्या ठूलो रहेन ।
देश अहिले झन परनिर्भर भएको छ । त्यसमा पनि हामी भारतको दयामा रहेझै देखिन्छ । खाद्यान्न पनि हाम्रो उत्पादनले एक महिना पनि धान्न मुश्किल हुँदै गएको छ । दुई पाइला हिड्न पनि हामी अल्छी भइसक्यौ । साधन बिना कतै निस्कन खोज्दैनौ । देशमा आएको गणतन्त्रले बिकास बजेट भन्दा बढी खर्च तलव र भत्तामा बाड्नुपर्ने भएको छ ।
१० चैत २०४५ बाट सुरु भएको नाकाबन्दी १७ असार २०४७ मा अन्त्य गरिएको थियो ।
२०४६ सालको जनआन्दोलन र भारतीय नाकाबन्दी शिर्षकको बिस्तृत लेख अध्ययन गर्न चाहनुहुनेले तलको लिङ्कमा क्लिक गर्नुहोला ।
https://sunilulak.blogspot.com/2026/03/blog-post_24.html
✍️ Sunil Ulak