अस्वभाविक रुपमा बढेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नगरे संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी -विजय पराजुली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

                  प्रेस विज्ञप्ति

पेट्रोलियम पदार्थको मूल्य वृद्धि तुरुन्त फिर्ता गर्।


     विश्वबजार नै आर्थीक सॅकटको चरम चपेटमा रहेको बेला  नेपालको अस्थीर राजनिति ,असक्षम नेतृत्व र विभिन्न भ्रष्टचार अपराध तथा कान्डै कान्डमा रुमलिएको सरकारको कारण नेपाली जनता को आर्थिक अवस्था तथा दैनिक जिवनयापन निकै कष्टकर बन्दै गएको छ। यस विषम परिस्थितिमा पनि नेपाल सरकार/नेपाल आयल निगम लिमिटेड ले पछिल्लो पटक  ३० जुन, २०२५ (असार १६, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य निर्धारण गर्ने गरी निगम सञ्चालक समितिको निर्णय अनुसार १ जुलाई, २०२५ (मिति २०८२/०३/१७) को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु. ५।००, र डिजेल/मट्टितेलमा प्रति लिटर रु. ४।०० ले बढाईएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७।०० ले र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले बढाएको छ। यसैगरी हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागि Break Even Point मा विक्री मूल्य कायम गरेको छ ।यस विषम परिस्थितिमा समेत राज्यले जनताको ढाड सेक्नेगरी गरेको निर्णय प्रति म सचेत नागरिकको हैसियतले विजय पराजुलीको गम्भिर ध्यानाकर्षण भएको छ ।
           पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु भनेको कुनै पनि समान ढुवानी मा लाग्ने खर्च बृद्धि भई अन्ततः सम्पुर्ण उपभोग्य वस्तुको बजार मुल्य बृद्धि हुनु हो। यस्तो आर्थीक संकटको  भयावह अवस्थामा पनि दैनिक उपभोग्य वस्तु को  मुल्य बृद्धि हुदा नेपाल सरकार ले जनताको दुखि रहेको घाउमा  मल्हम लगाउनुको सट्टा झन पिडा दिने निर्णयको घोर भ्रत्सना गर्दछु ।

            यस दुखद परिस्थितिमा जनताको पक्षमा स्वास्थ्य शिक्षा तथा आधारभूत आवश्यकता परिपूर्ति गराउनु राज्यको प्रमुख दायित्व हो।तर विडम्बना सँधै राज्यबाट यसरी नै जनताको ढाड सेक्ने गरी मुल्य बृद्धि गराउनु भनेको लोकतन्त्र माथि खतराको घन्टी बज्नु हो । त्यसकारण सरकारले असार १७ गते राति १२ बजे बाट लागु हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि तत्काल फिर्ता गरि सर्वसुलभ मुल्यमा बिक्री वितरण को लागि जोडदार माग गर्दछु।

           यदि राज्यले यस्तो आर्थीक संकटको विषम परिस्थितिमा पनि महंगी बढाउने र नेपाली जनताको ढाड सेक्ने गरि गरेको निर्णय फिर्ता गर्दैन र जनतालाई पिडा माथि पिडा दिने काम निरन्तर गर्छ भने  सरकारको विरुद्धमा हामी सचेत नागरिकहरु निर्णायक संघर्ष गर्न बाध्य हुनेछौं ।धन्यवाद !
                    
                                                    सचेत नागरिक  -विजय पराजुली

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।