बारा निजगढ नगरपालिका वडा नं -५ मा १३ वर्षिय बालिका माथि बलत्कार भएको छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

मंगलबार दिउँसो विद्यालयको खाजा खाने समयमा घर गएको र घरबाट विद्यालय आउने क्रममा मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले ललाइ फकाई,डर धम्की देखाई नजिकैको केराघारीमा लगी बलत्कार गरेको पिडित बालिकाले आफ्नो अभिभावकलाई बताए पछि अभिभावकले तुरून्तै प्रहरीलाई खबर गरेका थिए।विद्यालयको नाम भने अहिले सम्म खुलाईएको छैन ।

निजगढ सामुदायिक अस्पतालमा बालिकाको  प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा बलत्कार भएको देखिएको अस्पतालले प्रहरीलाई बताएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमित कुश्वाहले बताए।

घटनाको जानकारी पाउने बितिकै प्रहरी निरिक्षक कुश्वाहको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आशंकामा सोही वडाको एक युवालाई मंगलबार र वडा नं -४ वागदेवका अर्का युवालाई बुधबार राति नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको र थप विवरण आउन बाकी रहेको प्रहरी निरिक्षक कुश्वाहले बताए। नियन्त्रणमा रहेका युवाहरू लागुपदार्थ दुर्व्यसनीमा रहेको  प्रहरीले बताएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।