चैत्र १५ गतेको घटनालाई लिएर वैशाख ३० गते चितवनमा शान्तिपूर्ण प्रदर्शनको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 १५ गतेको घटनालाई लिएर  वैशाख ३० गते चितवनमा नागरिक बचाऊ अभियानको शान्तिपूर्ण प्रदर्शन हुने 

पोखरा , वैशाख २७ – विशेष संवाददाता

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले चैत्र १५ गतेको घटनामा पक्राउ परेका जनकमाण्डर दुर्गा प्रसाई र रविन्द्र मिश्र लगायतका आस्थाका बन्दीहरूको रिहाईको माग गर्दै वैशाख ३० गते चितवनको हाकिमचोकमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ।

आयोजक टिमका सदस्य तथा गण्डकी अञ्चल युवा संयोजक मनोजजंग थापाले जानकारी दिएअनुसार प्रदर्शन बिहान ११ बजे सुरु हुनेछ। प्रदर्शनको उद्देश्य बन्दीहरूको रिहाईसँगै राष्ट्र गुरु योगी नरहरिनाथको कुटी जलाइएको घटनाको सत्य तथ्य छानबिन माग गर्नु रहेको छ।

थापाले यो गणतान्त्रिक व्यवस्था जनहितविपरीत रहेको दाबी गर्दै वैदिक सनातन हिन्दु राष्ट्रसहितको संवैधानिक राजसंस्थाको पुनःस्थापनाको माग पनि राखेका छन्।

यसैबीच, रविन्द्र मिश्र समर्थकहरूले जनकमाण्डर दुर्गा प्रसाईको नाम उल्लेख नगरी रिले अनशन बसिरहेको समयमा नागरिक बचाऊ अभियानले मिश्रको तस्बिरसहित प्रदर्शनको तयारी गर्नुले आन्दोलनभित्र आन्तरिक समन्वयको अभाव देखिएको छ।

पोखरामा पहिलो पटक सुरु भएको रिले अनशन  हेर्दा, चैत्र १५ को घटनामा राज्य आतंकबाट जबरजस्ती बन्दी बनाइएको भन्दै ११ बुँदे मागसहित स्थानिय युवाहरू—ऋगेन्द्र गिरि, विजय पराजुली, प्रकाश कुँवर,विश्वास सुवेदि ,ऋषि बराल लगायतले १० दिन लामो रिले अनशन गरेका थिए।

तर, उच्च राजनीतिक तहबाट भएको दबाबका कारण पोखरा महानगरपालिकाले अनशनको १० औं दिनमा हस्तक्षेप गरेको थियो। त्यसपछि आन्दोलनको दोस्रो चरण काठमाडौंमा सुरु भएको थियो ।

पोखराको कार्यक्रममा धवल शमशेर, दुर्गा प्रसाई र रविन्द्र मिश्रको तस्बिरसहित रिहाईको माग गरिएको थियो। तर काठमाडौंको रिले अनशन कार्यक्रममा रविन्द्र मिश्र र पशुपति खड्का बाहेक अरू कसैको नाम उल्लेख नगरिएको पाइएको छ।

यसले राजसंस्थाप्रेमी आन्दोलनभित्र पनि आन्तरिक एकता अभाव भएको देखाउँछ। तथापि, राजनीतिक परिपक्वताको दृष्टिकोणले दुर्गा प्रसाईका समर्थकहरू अझ व्यवस्थित देखिएको टिप्पणी गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।