डाक्टर मौमिता माथि भएको बर्बर आक्रमणको घटना अहिले सामाजिक संजालमा चर्चामा रहेको छ। यो दर्दनाक घटनाले सम्पूर्ण देशलाई झकझकाएको छ। मौमिताको हत्या र बलात्कारको घटनाले मानवीय संवेदनशीलतालाई चुनौती दिएको छ।
घटनामा मौमिताको घाँटीको हड्डी (हाइयोइड) भाँचिएको, ओठमा चोट लागेको, पेल्भिसको हड्डी फुटेको, मुखबाट रगत बगेको, दुवै आँखा बिग्रिएको, पेट र खुट्टामा चोट लागेको, दाहिने हातको औंठी लगाउने औंला भाँचिएको, र निजी अंगहरूमा गम्भीर क्षति पुगेको बताइएको छ। उनका शरीरमा कालो धब्बा पाइएको छ, जसले सम्भवतः निरन्तर यातना दिइएको संकेत गर्दछ।
अपराधको गम्भीरता दर्शाउने अर्को तथ्याङ्क अनुसार, मौमिताको शरीरबाट ठूलो मात्रामा वीर्य पाइएको छ। यसले सामूहिक बलात्कारको आशंका उत्पन्न गराएको छ। अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन र कडा सजाय दिलाउन माग गरिएको छ।
यो जघन्य अपराधप्रति व्यापक जनआक्रोश व्यक्त गरिएको छ। सम्बन्धित निकायहरूले छानबिनलाई तिब्रता दिनुपर्ने र अपराधीहरूलाई कानूनी कठघरामा ल्याउन सबै किसिमका प्रयास गर्नुपर्ने समाजले जोड दिएको छ। देशभर यस घटनाले ठूलो तरंग ल्याएको छ, र पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै न्यायको माग गरिएको छ।