दुर्गा प्रसाई लाई रिहा गर्न सर्वोच्चको आदेश । निर्वाचन नहुने संकेत ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुर्गा प्रसाई लाई रिहा गर्न सर्वोच्चको आदेश । निर्वाचन नहुने संकेत ?

काठमाडौँ ,फाल्गुन १२ – सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन्।

प्रसाईंलाई प्रहरीले गत फागुन ४ गते भक्तपुरबाट पक्राउ गरेको थियो। यसअघि पनि उनी माघ २३ गते पक्राउ परेका थिए र हाजिर जमानीमा रिहा भएका थिए। त्यसबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरेको थियो।

फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियानमा संलग्न हुन सक्ने आशंकामा प्रहरीले प्रसाईंलाई पटक–पटक नियन्त्रणमा लिँदै आएको छ। माघ ५ गते पोखराबाट पनि पक्राउ परेका उनीसँग बयान लिएपछि छाडिएको थियो।

सर्वोच्चको पछिल्लो आदेशसँगै प्रसाईं पुनः रिहा भएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।