तनहुँ, ५ भदौ: तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा बुधबार साँझ खसेको पहिरोले मुग्लिङ-पोखरा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोले सडकमा ठूलो मात्रा माटो र ढुंगा खस्दा यातायात ठप्प भएको छ। पहिरो पन्छाउन स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू परिचालित भए पनि लगातारको वर्षाले काममा कठिनाइ आएको छ। यात्रीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।