गोरख तन्त्र विधि बाट गोरखनाथ मन्दिरमा रोट अर्पण कार्यक्रम सम्पन्न भएको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महाभारत युद्धमा अर्जुनको रथमा भगवान श्रीकृष्ण बिराजमान हुन् भए झै बडा महाराजधिराज पृथ्वीनारायण शाहको एकीकरण अभियानमा गुरु गोरखनाथको अदृश्य उपस्थीती, सुक्ष्म चेतना र आध्यात्मीक शक्तीको कारण नै सफल भएको कुरा ऐतीहासीक अभिलेखहरुमा अझै पनी हेर्न र पढ्न पाईन्छ।                                                                  १२वर्षे बालकको  रुपमा गोरक्षाचल गुफा (गोरखा) मा प्रकट शिव गोरक्षा अवतारलाई हाम्रो भुमीमा अदैत शैव परम्पराको दैवी अवतरण मान्न सकीन्छ । छ वर्षे बालक युवराज पृथ्वीनारायण शाहले दधिवरका साथ धर्मोपदेश प्राप्त गर्नु पछाडीको गोरक्षा कृपा प्रति नेपाली जाती अनुगृहित छन् । दिव्य देशहरू तत्वगत रूपमा गोरखबाडी नै थिए । त्यही आध्यात्मिक शक्ती प्रतिकात्मक रूपमा आज पनी नेपाली सिक्कामा भवानी र गोरखनाथ, त्रीशुल, गाई, चन्द्र सुर्य अंकीत राष्ट्र ध्वाजा सेनाका नाथान्त नाम भएका पल्टनहरु तीनका व्यक्तीहरू निशान आदि शीव गोरक्षा परम्पराका जीवन्त उद्वारणहरु हुन् ।

बाबा गोरखनाथको प्राकट्यभुमी गोरखा बारे एउटा कालखण्डका गोरक्षा राष्ट्र‌का साधक पूज्य गुरु योगी नरहनीनाथका निम्त पङ्‌तीहरू सान्धर्भीक देखीन्छन् ।

वैशाखीशिवपुर्णीमातिथिवरे वारे शिव मंगले । लोकानुग्रहविग्रहः शिवगुरुगोरकक्षनाथोभवत ।।
गोरक्षाचलशेखरे  तिरुचिरे कैलाशकुटे गुहा । 
गर्र्भादित्यत्वीलै: सनातनजर्मेला कृता मंगले।।
अर्थात :-
बैसाखी पुर्णिमामा, मालबार कैलास निवासी शीवले कैलासकुट भवनको आसपास गोरक्षा चल गुफामा अवतार लिनुभयो त्यसै कारण प्रत्येक मंगलबार गोरखनाथलाई रोट अर्पण गरीन्छ ।त्यसै परम्परामा आधारीत रहेर २०८१ साल श्रावण महीनाको अन्तिम मंगलबार २९ गते पोखरा ३१ पचभैया स्थीत श्री शिव गोरक्षपिठ सिद्दाश्रममा तन्त्र विधिबाट गोरखनाथलाई रोट अर्पण गरीएको छ । कार्यक्रममा भक्तजनहरुको पनी बाक्लो उपस्थीती रहेको थियो । 

गोरखनाथ शब्दको व्यापकता कुनै एक मात्र क्षेत्र वा भाषामा सीमीत परम्परा होइन । संस्कृत, नेपाली, हिन्द, बंगाली, मराठी, पञ्जाबी भाषामा नाथ साहित्य, इतिहास सावर मन्न्त्र तन्त्र उपलब्ध छन भने योग शरीर विज्ञान, कायाकल्प, आत्म निरीक्षण. समाज सुधार जस्ता थुप्रै क्षेत्रसँग गोरक्षा शक्ति जोडीएको छ ।

नेपाली ग्रमीण समाजमा कानफट्टा योगी ले घरघरमा फेरी लगाउने त्यस्ता योगीलाई दान दिने परम्परा नाथ सम्प्रदाय र समाज विचको धार्मिक एवंम सांस्कृतीक कड़ी हो । हाम्रा बालबालीका को कान छेड़ने परम्परा, सनातनी जनहरु भोलेनाथ, पशुपतीनाथ, गोरखनाथ, मत्स्येन्द्रनाथ बौद्धनाथ र मीन माथलाई पुज्ने चलन छ भने मुसलमान बन्धुहरुका लागी गोरक्षा निर्माण गरीएका पीर पीठहरू यस्का ज्वलन्त उदारणहरू हुन । नाथ परम्परा हाम्रो समाजको बलियो सास्कृतीक र धार्मीक आस्थाको प्रतिक हो । नाथान्त नाम पुरुषहरुमा र माया वा देवी नामान्त नामहरु माया/देवीका नामबाट महिलाहरुमा पाइन्छ। यस्ले हाम्रो समाजमा सिद्द बुद्ध परम्परालाई जनाउदछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।