गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो एक ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको घटनाले स्थिति तनावग्रस्त बनेको छ। ट्राफिक प्रहरीले चेकिङ गरिरहेकै बेला तीव्र गतिमा आएको ट्रकले रोकिराखेको स्कुटरलाई ठक्कर दियो, जसबाट महिलाको घटनास्थलमै मृत्यु भयो।  

घटनापछि आक्रोशित स्थानीयहरूले ट्रकमा तोडफोड गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ। यस घटनापछि क्षेत्रका सडकमा आवागमन अवरुद्ध भएको छ र अहिले पनि स्थिति तनावग्रस्त छ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।