जिल्ला समन्वय समिति म्याग्दीकी उप–प्रमुख दिलकुमारी खत्रीविरुद्ध उजुरी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जिल्ला समन्वय समिति म्याग्दीकी उप–प्रमुख दिलकुमारी खत्रीविरुद्ध उजुरी दर्ता
 – जेठ ३०, पोखरा ।

जिल्ला समन्वय समिति म्याग्दीकी उप–प्रमुख दिलकुमारी खत्री विरुद्ध सरकारी स्रोतको दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मिति: २०८२/०२/१४ गते उजुरी परेको छ। सचेत नेपाली नागरिक पोखराको नामबाट परेको उजुरी अनुसार उप–प्रमुख खत्रीले आफ्नो यातायात भत्ता बुझेको भए तापनि सरकारी सवारी साधन व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दै आएको उल्लेख छ।

उजुरीमा भनिएको छ कि खत्रीले म्याग्दी जिल्लामा उप-प्रमुखले यातायात शीर्षकमा सरकारी सवारी साधन नलिने भनी त्यस बापत रकम बुझिन्। तर, त्यससंगै सरकारी कार्यालयको नाममा रहेको सेतो प्लेटको निशान कम्पनीको वा.२ ज ५५९ नम्बरको पिक. अप. हाईलक्स गाडी घरायसी कार्य र विदाका दिनहरूमा समेत दुरुपयोग गरी व्यक्तिगत प्रयोग गर्दै आएकी छन्।

यसरी एकै समयमा यातायात खर्च वापतको भत्ता लिने र सरकारी सवारी साधन दोहोरो प्रयोग गर्ने कार्यलाई उजुरीकर्ताले "नेपाल सरकार तथा सार्वजनिक निकायको सम्पत्तिको हिनामिना एवं दुरुपयोग" को रूपमा दाबी गरेका छन्।

उक्त उजुरीमा विपक्षी उप-प्रमुख खत्री माथि तत्काल छानबिन, कारवाही गरि राज्यको स्रोत साधनको दुरुपयोग रोक्न माग गरिएको छ। साथै, उनले गरेका भनिएको गैरकानुनी कार्यप्रति छानबिन गरि हदैसम्मको कानुनी कारवाही हुनुपर्ने माग गरिएको छ। 

खत्री एमालेबाट उप-प्रमुख पदमा नियुक्त भएकी हुन्।  यस घटनाले पुनः एकपटक स्थानीय तहमा सुशासन र जवाफदेहिता सम्बन्धी प्रश्न खडा गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।