मिति २०८१।०५।१० गते जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. ११ बी.पी. चोक आसपासमा अवैध सुन चाँदीको कारोबार हुँदै छ भन्ने विशेष सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला बर्दिया राजापुर न.पा. ८ बस्ने वर्ष ४० को नेपाली थारुले चलाएको प्रदेश ०३०१- ०२४ च ६७६३ नं. को कारमा सवार रहेका जिल्ला बर्दिया राजापुर न.पा. ४ बस्ने वर्ष ४२ को निम प्रकाश सुनारको साथबाट सुन जस्तो देखिने ६७ ग्राम तौल रहेको धातुको टुक्राहरु र जिल्ला बाँके नेपालगंज उप- महानगरपालिका वडा नं. ११ बस्ने वर्ष २१ को राहुल सोनारको साथबाट चाँदी जस्तो देखिने १७२ ग्राम तौल रहेको पायलहरु तथा तार समेत बरामद गरि निजहरुलाई सवारी साधन सहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा जिल्ला बाँके नेपालगंज उप- महानगरपालिका वडा नं. २ स्थित रहेको महेश मुराउले संचालन गरेको पशुपती सुन चाँदी रिफाईन कारखानामा तलासी गर्ने क्रममा उक्त कारखानाबाट अवैध सुन जस्तो देखिने ३४० ग्राम तौल रहेको धातु र चाँदी जस्तो देखिने १० के.जी. ४४१ ग्राम तौल रहेको धातु र उक्त कारखानामा रहेका जिल्ला बाँके राप्तीसोनारी गा.पा. ४ बस्ने वर्ष २४ को ओम जङ्ग चौधरीलाई नियन्त्रणमा लिई दुबै स्थानबाट बरामद भएका सुन चाँदी, सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको प्रहरी नायव उपरीक्षक नारायण डॅागी ले जानकारी दिएका छन् ।बरमाद सुन ४०७ ग्राम, चाँदी १० के.जी. ६१३ ग्राम र सवारी साधन सहित जम्मा मुल्य रु. १,०५,३३,४४७/- (एक करोड पाँच लाख तेत्तिस हजार चार सय सड्चालिस मात्र) बराबरको रहेको समेत बताए ॥