लागू औषध सहित १ जना मानिस पोखराबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०९ बगर स्थितमा लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा मिति २०८१।०५।११ गते अ.१९:०० बजेको समयमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०९ धोबीगौडा बस्ने वर्ष ३० को बिराज रजकको घरकोठाबाट लुकाई छिपाई लागू औषध गाँजा जस्तो देखीने पदार्थ ५ किलो ७५० ग्राम र सोही बाकसमा NITRAZEPAM TABLET IP 10mg NITRAVET-10) नाम उल्लेख भएको २१ चक्की सहित फेला परेको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दश(१०) दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।