लायन्स क्लबद्धारा बालबालिकाहरुका लागि क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा, ३० श्रावण । लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ एम अन्तरगत पर्ने ३ वटा क्लबले संयुक्त रुपमा बालबालिकाहरुका लागि क्यान्सर सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेका छन् । पोखरा महानगरपालिका वडा नं. २३ स्थित माझँथुममा रहेको श्री सिद्धबराह मा.वि.का विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी क्यान्सर सम्बन्धी विविध जानकारी सहित चेतनामुलक सचेतना कार्यक्रम बुधबार आयोजना गरेको हो । लायन्स क्लब अफ पोखरा ब्लु स्काई, लायन्स क्लब अफ पोखरा साझा चौतरी र लायन्स क्लब अफ पोखरा समता प्रदेशले आयोजना गरेको बालबालिकामा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम संयोजक डा. सरस्वती न्यौपानेद्धारा बालबालिका विभिन्न जिज्ञासा र प्रश्नहरुलाई समेटेर प्र्रशिक्षित गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि जि.एस.टि. कोर्डिनेटर जगन्ननाथ तिमिल्सिना रहेका थिए भने अन्य अतिथिहरुमा कलस्टर १ का प्रमुख लक्ष्मण तिमिल्सिना, सिद्धबराह मा.वि.का प्र.अ. बद्धिनाथ पराजुली, विद्यालय