लिटिल स्टेपमा प्रविधिमुखी शैक्षिक अन्तरक्रिया सम्पन्न
पोखरा–८ सिमलचौरस्थित लिटिल स्टेप माध्यमिक विद्यालयले आज ‘शैक्षिक अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम’ आयोजना गरि शिक्षक, प्रशासन र सरोकारवालाबीच विविध शैक्षिक तथा प्रविधिमुखी शिक्षण विधिमाथि अनुभव आदान–प्रदान गरेको छ। कार्यक्रमको अध्यक्षता शेरबहादुर गुरुङले गर्नुभयो भने, प्रमुख अतिथि डा. भिमनाथ बरालले डिजिटल मार्केटिङमार्फत विद्यालयको प्रतिष्ठा तथा अभिभावक–विद्यार्थीसँगको सञ्चार कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्नुभयो। प्रधानाध्यापक पम्फा गुरुङले सहभागी शिक्षक–कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। शिक्षक विनोद गिरि, दुर्गा शर्मा, गंगाराम पौडेल र धुर्ब केसीले प्राविधिक शिक्षण उपकरण, कम्प्युटर प्रयोगशाला र मल्टिमिडिया शिक्षण विधिको प्रयोगबाट प्राप्त अनुभव प्रकाशन गर्नुभयो। कार्यक्रममा डिजिटल मार्केटिङ मार्फत विद्यालयको पहिचान बृद्धि, इन्टरएक्टिभ विधिबाट शिक्षक–विद्यार्थी संवाद सशक्त बनाउने र व्यावहारिक शिक्षामा प्रविधिको प्रयोगले सिकाइ परिणाममा सुधार ल्याउने मुख्य अंशहरूमा छ्लफल सम्पन्न भयो। यस अन्तरक्रियाले शिक्षक–प्रविधि–विद्यार्थी त्रिमूलक शिक्षण प्रणालीलाई अघि बढाउने अभिप्राय राखेको विश्वास व्यक्त गरिएको छ।