पोखरा २८ मा दशैंको लागी खसी-बोका मेला हुने ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरामा चौंथो खसी बोका प्रदर्शनी एवमं बिक्री वितरण कार्यक्रम यो वर्ष पनि हुने भएको छ ।
  कार्यक्रमले स्थानीय उत्कृष्ट उत्पादन लाई प्रोत्साहन गरी कृषी तथा पशुपन्छीको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने विश्वास लिईएको छ । प्रदर्शनमा भाग लिएका खसी बोका मध्ये उत्कृष्ट ३ वटा लाई स्वस्थ तथा गुणस्तरको आधारमा विशेष पुरस्कारको ब्यवस्था गरेको समेत आयोजक समितीले जनाएको छ ।
प्रथम  पुरस्कार १००००
दितिय  पुरस्कार ७०००
तृतीय  पुरस्कार ५०००
उपभोक्ता ले खरिद गर्न पाउने मूल्य प्रति किलो रु ६०० जिउँदो साथै प्रदर्शनी बाट बिक्री गरे बापत कृषक लाई रु २० प्रती किलो अनुदान बितरण गरिने छ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।