ग्लोबल हिन्दू फाउण्डेशनले संसार भर छरिएर रहेका वैदिक सनातनीहरुको हकहित, तथा सनातनी सभ्यता परम्परा, र मठमन्दिर हरुको जगेर्ना गर्ने मुख्य उदेश्य को साथ श्री श्री भद्रयोगिनि फाउण्डेशनको सहकार्यमा एक ऐतिहीसीक कार्यक्रम सम्पन्न गरेको छ ।पोखरामा सम्पन्न उक्त कारक्रममा विभिन्न राष्ट्रका धर्मगुरु हरु धार्मीक अभियान्ताहरु लगायत झन्डै २०० जनाको उपस्थीती रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथी धार्मीक अभियान्ता प्रदिप कुमार कुरकरैजा हुनुहुन्थ्यो भने अतिथीको रुपमा श्री कृष्ण चैतन्य प्रभु ,गौ बाबा नेपालगन्ज ,समलानन्द अंगार ,बज्रयोगीनी मॅा सविता देवी ,श्रीमती कृष्णराज ,हरी सेठ्ठी,ग्रीस उपाध्याय,प्रोफेसर शंकर पोख्रेल TU,श्रीमती लक्ष्मी गीरी,कर्नल सन्जय तब्बित,दिलिपराज पौडेल,श्री श्री १०८ विष्णु वशिष्ट महाराज हुनुहुन्थ्यो । बैदिक सनातन समाज पोखरा नेपालका तर्फबाट रत्नमणी अधिकारी, भरत गीरी र कार्यक्रम सन्चालन डा. उपमन्यु ऋषी ले गर्नुभएको थियो ।
कार्यक्रम बारे प्रष्ट पार्दै कार्यक्रमका अतिथी राजेश मुथलकरले भन्नुभयो जसरी पुष्प पुष्प जोडेर एक्उटा सिंगो माला तयार गरीन्छ त्यसरी नै विश्वभरी रहेका वैदिक सनातनीहरुको धार्मिक सभ्यता तथा मठमन्दिर हरू लाई एक सूत्रमा बाध्ने र धार्मीक जागरण गराउने यस कार्यक्रमको मुख्य उदेश्य रहेको बताउनुभयो । औपचारीक कार्यक्रम हिजो सम्पन्न भएतापनी बन्दसत्र र विशेष छलफल आज पनी चलिरहेको छ ।