प्राकृतिक विपदबाट अति प्रभावित परिवारलाई राष्ट्रिय युवा संघ को राहत।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

केही समय अगाडी निरन्तर को वर्षा सँगै आएको बाढि पहिरो भु-क्ष्य जस्ता प्राकृतिक विपदबाट बाग्लुङ जिल्ला बडिगाड गाउपालिका वडा न १० आरुपाटा मा ११ जनाको मृत्यु भएको  थियो भने झन्डै   ९र १०मा गरि झण्डै ५० परिवार बिस्थापित भएका छन् भने ४ वटा घरमा पुर्ण क्षती भएको थियो ।
त्यसै क्षेत्रमा अति प्रभावित परिवारलाई राष्ट्रीय युवा सघ नेपाल बाग्लुङ जिल्ला कमिटी को नेतृत्वमा राष्ट्रीय युवा सघ नेपाल गण्डकि प्रदेश कमिटि को सहयोग तथा स्थानिय समाजसेवी बुद्दिजिबि एवंम सचेत नागरिकहरु को विशेष उपस्थीतीमा राहत सामग्री बितरण गरिएको छ । हिड्न का लागी बाटो छैन बाल्न का लागि बिजुलि छैन फोन गर्न का लागि टावर छैन अबस्था निकै दर्दानक छ । एक स्थानियले भने । 

प्राकृतिक विपदमा राहत वितरणले प्रभावित समुदायको जीवन रक्षा गर्नुका साथै उनीहरूको दैनिकीलाई छिटोभन्दा छिटो सामान्य अवस्थामा फर्काउने र विपदका कारण उत्पन्न हुने असहज परिस्थितिहरू, जस्तै परिवारको सदस्य गुमाउनु घरबार गुमाउनु, खाद्यान्न, पानी, स्वास्थ्य सेवाहरूको अभाव, र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न राहत वितरण गरिएको हो । गन्डकी प्रदेश ईन्चार्ज विकाश अधिकारीले बताउनुभयो ।

राहत वितरणले तत्काल आवश्यकताहरू पूरा गर्नुका साथै, दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापना प्रक्रियामा पनि महत्वपूर्ण भूमिका खेल्छ। यसले स्थानीय स्तरमा सामाजिक सद्भाव कायम राख्न, भावनात्मक तथा मानसिक स्वास्थ्य सुधार गर्न, र भविष्यमा हुने सम्भावित विपदहरूको जोखिमलाई न्यूनीकरण गर्न पनि मद्दत पुर्‍याउँछ। अर्का युवा नेता पिताम्बर खनाल ले बतनउनुभयो ।

यस्तै जटिल परिस्थितिमा राहत सामाग्री सहित सहयोगमा राष्ट्रीय युवा सघ नेपाल केन्द्रीय स्थाई कमिटि सदस्य एवम गण्डकि प्रदेश इन्चार्ज  बिकाश अधिकारी, स्थाई कमिटि सदस्य तथा गण्डकि सह इन्चार्ज क• रेसम घर्ति मगर ,गण्डकि  प्रदेश कमिटि अध्यक्ष क• पिताम्बर खनाल,प्रदेस कमिटि सदस्य क• सन्तोस रेग्मी,जिल्ला कमिटि सचिब शिवराज कडेल,जिल्ला कमिटि सदस्य क•दिपेन्द्र पुन मगर ,ढोरपाटन नगर कमिटि सह- सम्योजक दिपेन्द्र भण्डारि , ढोरपाटन नगर कमिटी सदस्य क• भुवन पौडेल ,युवा नेता दिपक रायमाझि तथा पुर्ब गण्डकि प्रदेश कमिटि सदस्य बसन्त थापा लगायतको उपस्थीती रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।