भदौ ८ गते पोखराको क्रिस्टल पार्टी प्यालेसमा "पोखराको समस्या, चुनौती, र सुरक्षा सम्बन्धि अन्तर्क्रिया" कार्यक्रम आयोजना हुन गइरहेको छ। यस कार्यक्रमको आयोजक सामुदायिक प्रहरी सेवा, जिल्ला समन्वय समिति कास्की रहेका छन्।
कार्यक्रमको मुख्य उद्देश्य पोखरा क्षेत्रको पर्यटन विकाससँग सम्बन्धित विविध समस्या, चुनौतीहरू, र सुरक्षा मापदण्डका विषयमा छलफल गर्नु रहेको छ। यस अन्तर्क्रियामा सहभागी विभिन्न सरोकारवालाले पर्यटन क्षेत्रको सुधार र सुरक्षा व्यवस्थामा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा विचार प्रस्तुत गर्नेछन्।
प्रत्यक्ष प्रसारण पोखरा टिभिबाट हुनेछ, जसले पोखरामा र बाहिर रहेका सबैले यो महत्त्वपूर्ण अन्तर्क्रियालाई प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।